गरुडा, १५ चैत । प्रदेश २ सरकारका भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्री शैलेन्द्र साह र जनता समाजवादी पार्टी नेपालका केन्द्रिय सदस्य कन्थमनी प्रसाद जयसवालबीच आज भेटघाट भएको छ । विशेष कार्यले रौतहट आएका कृषि मन्त्री साहले नेता जयसवालको निवास गरुडामा औपचारीक भेटवार्ता गरेका हुन । रौतहट क्षेत्र नं ४ का सांसदका प्रत्याक्षी समेत रहेका जसपा नेता कन्थमनी जयसवालसँग कृषि मन्त्री साहले २० मिनेट भेटवार्ता गरेका हुन ।
भेटको क्रममा नेता जयसवालले खेती गर्नका लागि रौतहटका कृषकहरुले मल, सिचाई, बिउविजन लगाएतको समस्या झेलिरहेको भन्दै किसानको उक्त समस्याहर समाधान गर्न मन्त्री साहलाई ध्यानाकर्षण गराएका थिए । नेता जयसवालको कुरा सुनेपछि कृषि मन्त्री शैलेन्द्र साहले रौतहटका किसानहरुले झेलिरहेको समस्या प्रति आफु गम्भिर रहेको र यसलाई समाधान गर्नका लागि आफु प्रयासरत रहेको बताएका छन ।
प्रदेश २ का अधिकांश नागरिक कृषि पेशामा नै आधारित रहेकोले प्रदेश सरकारले कृषकहरुलाई नै पहिलो प्राथमिकतामा राखेर कृषिसँग सम्बन्धित विभिन्न किसिमका कार्यक्रम सञ्चालन गरेको मन्त्री साहले बताए ।
प्रदेश सरकार गठन भएको तिन वर्षमै कृषि मन्त्रालयले प्रदेश २ का अधिकांश किसानहरुको समस्या समाधान गरिसकेको र बाँकी रहेका किसानहरुको पनि समस्या विस्तार समाधान गर्दै जाने उहाँले बताउनुभयो ।
प्रदेशलाई कृषि मार्फत समृद्ध बनाउन आफु कुनै कसर बाँकी नराखेको बताउँदै मन्त्री साहले प्रदेशलाई सहकारी मैत्री प्रदेश बनाउने समेत प्रतिवद्धता जनाएका हुन ।
एक अर्को प्रसंगमा मन्त्री साहले रौतहटका किसानलाई कुनै समस्या परे आफुले सहयोग गर्न तयार रहेको र सिधा आफुसँग सम्पर्क गर्न आग्रह समेत गरेका हुन ।
कृषि मन्त्री साहलाई नेता जयसवालले आफना निजि निवास गरुडामा भव्य स्वागत पनि गरेका छन । सो क्रममा नेता जयसवाल र मन्त्री साहले एकआपसमा होलीको शुभकामना पनि आदानप्रदान गरेका छन ।