चन्द्रपुर, १५ चैत । तेली कल्यान समाज नेपाल रौतहटको हाली मिलन कार्यक्रम सम्पनन् भएको छ । चन्द्रनिगहपुरको गौतम होटेलमा छोटेलाल साहको अध्यक्षतामा सो होली मिलन कार्यक्रम सम्पन्न भएको हो । होली पर्व भाइ चाराको पर्व हो । हाली पर्वलाई संरक्षण गर्न र सो होली मिलन कार्यक्रमको आयोजना गरेका थिए । कार्यक्रमका प्रमुख अतिथि तेली कल्यान समाज नेपालका केन्द्रीय महासचिव राजदेव साह रहेको थियो । उक्त होली मिलन कार्यक्रममा रौतहटका तेली जातीका दर्जनौ जेष्ठ नागरिकलाई समात्र पत्र समेत वितरण गरिएको गौतम होटेलका सञ्चालक राजन साहले जानकारी दिए । सो हाली मिलन कार्यक्रममा तेली कल्यान समाज नेपालका पुर्व उपाअध्यक्ष, राम बाबु साह, यमुनामाई गाउँपालिकाकी उपअध्यक्ष गीता साह, नागेन्द्र प्रसाद साह लगाएतको सहभागीता रहेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here