चन्द्रपुर,२९ चैत । रौतहटको फतुवा बिजयपुर नगरपालिकाका नगरप्रमुखले नमुना बिद्यालयको करोडौं रुपैया खाने दाउमा लागेको छ । सो नगरपालिकाका नगरप्रमुख गोपाल राय यादवले नमुना माबी दुधिअवाको नाउ“मा आएको कराडौं रुपैया खाने दाउ पेचमा लागेको स्थानियले आरोप लागेको छ । नमुना बिद्यालयको विकासको लागी चारमहिना अघि आएको एक करोड २० लाख रुपैया चारमहिना बित्नलाग्दा पनी बिद्यालयलाई निकासा दिएको छैन ।
फतुवा बिजयपुर १० का वडा अध्यक्ष मनोज कुमार चौधरीका अनुसार नमुना माबी दुधिअवाको विकासको निमित चारमहनिा अघि शिक्षा बिभाग बाट एक करोड २० लाख रुपैया नगरपालिकाको खातामा आएको छ ।
बिद्यालय ब्यवस्थापन समितिको निर्णय अनुसार उक्त रकम लिखित रुपमा पटक पटक माग गर्दापनी मेयर गोपाल प्रसाद यादवले आलटाल गरीरहेको आरोप लगाएका छन् । नमुना बिधालयको रकम नमुना बिधालयमै खर्चहुनुुुपर्ने स्पस्ट निर्देशन अनुसार नगरपालिकाका प्रशासकिय अधिकृत सहमत रहेपनी माबी बिजयपुरका प्रधानाध्यापक सुदामा यादवले उक्त रकम माथी सबै बिधालयको बराबर अधिकार रहेको भ्रम फैलाएको कारण समस्या भएको वडा अध्यक्ष चौधरीको भनाई छ ।
पछिलो समय मेयर गोपाल यादवले नमुना बिद्यालयको रकम नगरक्षेत्रका सम्पुर्ण बिद्यालयलाई दामासाही अनुसार बितरण गर्ने प्रस्ताव अघि सारेपछी रकम दुुरुपयोग हुने वडा अध्यक्ष मनोज कुमार चौधरीले दाबी गरेका छन ।
यस संबन्धमा प्रतिकेया लिन मेयर यादवलाई पटक पटक फोनगर्दा पनी उनले रिसिब गरेका छैनन ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here