चन्द्रपुर,३० चैत । मन्त्री प्रभु साहको लगानीमा निर्माणाधिन गेटमा बाबुको नाम लेखाउन सभासद यादवलाइ सतार भएका छन् । नेपाल सरकारका सहरी विकास मन्त्री तथा रौतहट क्षेत्र ३ का निबर्तमान संघिय सांसद प्रभु साहको लगानीमा निर्माणाधिन गेटमा आफ्नो बाबुको नाम लेखाउन एकजना सभासद मरिहत्ते भएका छन । निबर्तमान सांसद साहको संसद विकास कोषको ४८ लाख रुपैयाको लगानीमा पुर्व पश्चिम् महेन्द्र राजमार्ग अन्तर्गत रौतहटको धन्सार नजीक निर्माणाधीन गेटमा स्व. बुवा अनुरुद यादवको नाम लेखाउन सभासद जितेन्द्र यादव सुनिल मरिहत्ते भएका हुन । क्षेत्र ३ मा यश अघि नेपाली कांग्रेस बाट निर्वाचित सभासद सुनिलले राजमार्गको धन्सार स्थित मात्र १०÷१२ फिटको फराकिलो गेट बनाउन १२ लाखको योजनामा मात्र दुईवटा पिल्लर खडा गरेका थिए ।
आफ्नो कार्यकाल सकिंदा सम्म उनले अनुरुद यादव नाम राखेको गेटको निर्माण पूरा गर्न सकेनन । स्थानीय समाजसेवी धर्म कटुवालका अनुसार १२ लाखको गेट निर्माणको योजनामा बढिमा मात्र चारलाख रुपैया खर्चेर सभासद सुनिल पछाडि परेका थिए । गएको निर्वाचनमा उक्त क्षेत्र बाट संघीय सांसदमा प्रभु साह निर्वाचित भएपछि स्थानीयको अनुरोधमा धन्सार गेट रौतहट निर्माणका लागि ४८ लाख रुपैया स्वीकृत भएको छ । उक्त रकम बाट हालको झन्डै ५० फिट चौडाइ गेट निर्माणको प्रक्रिया सुरुगर्दा सभासद सुनिलले पटक पटक अवरुद्ध गर्दै आएको गुजरा नगरपालिकाका मेयर प्रत्यासी पलट चौधरीले बताएका छन । सभासद यादवको बुबाको गुजरामा कुनै लगानी छैन अनुरुद यादवको नाम किन राख्ने भनेर धन्सार रौतहट गेट निर्माण हुनुपर्ने बताएका छन । निर्माण सुरुभएको झन्डै महिना लाग्न थाल्यो सभासद सुनिलका साथै उनका भाइ ज्ञानेन्द्र यादव पटक पटक दर्जनौं मानिस लिएर निर्माण कार्य अवरुद्ध गर्नेगरेको स्थानीय समाजसेवी सेख जमालुदिनले बताएका छन । गेट निर्माणको क्रममा कांग्रेस र एमालेका दर्जनौं कार्यकर्ता पटक पटक गेट निर्माण स्थलमा जम्मा हुंदा झडपको अवस्था उत्पन्न भएको थियो । रौतहटका सिडियो इन्द्रदेव यादव र एसपी सिद्वी बिक्रम शाहको सुझबुझले धन्सार गेट निर्माणमा अहिले सम्म झडप भएको छैन । सिडियो यादवले धन्सार गेट निर्माणमा कुनै किसिमको बाधा अडचन नहुने बताएका छन । अधुरो कार्यलाई पूरा गर्ने क्रममा बाधा पुर्याउने माथी कडा कार्वाही गरिने सिडियो यादवले चेतावनी दिएका छन । सभासद यादवले जनताको चाहना अनुसार विकास हुनुपर्छ मान्छे मारेर विकास नहुने प्रतिक्रिया दिएका छन ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here