सर्लाही, ३० चैत । सर्लाहीको लालबन्दी नगरपालिका १३ मा वनमा लागेको आगो गाउँमा पस्दा १ घर जलेर नष्ट भएको छ । लालबन्दी नगरपालिका १३ सानु नारायण डाँडा स्थित पञ्चकन्या सामुदायिक वनमा लागेको डढेलो वन नजिकै रहेको बस्तीमा पस्दा लालबन्दी नगरपालिका १३ बस्ने लाल बहादुर श्रेष्ठको काठेघर जलेर नष्ट भएको हो । सामुदायिक वन क्षेत्रमा लागेको डढेलो गाउँ बस्ती पस्दा काठे गाई गोठ र घर जलेर नष्ट भएको लालबन्दी नगरपालिका १३ का वडा सदस्य मोहन राउतले जानकारी दिएका छन । उनका अनुसार आइतबार साँझ करिब ५ः२० बजे अचानक वन क्षेत्रको आगो गाउँ पसेको हो । आगो गाउँ पसेको खबर पाउना साथ स्थानियबासी र स्थानिय प्रहरी पुगि करिब १ घण्टापछि आगो पुर्णरुपमा नियन्त्रणमा लिएको ईलाका प्रहरी कार्यालय लालबन्दीका प्रहरी प्रमुख प्रहरी निरिक्षक निर्मल थापाले जानकारी दिए । आगलागीबाट गोठ पुर्णरुपमा जलि नष्ट भएको र घर भित्र आगो सल्किन जाँदा भाडामा दिनको लागी राखेको सिरक र डसना गरी ५० थान र सोलार १ थान जलेर नष्ट भएको प्रहरी बताएका छन् । मानविय क्षेती नभए पनि आगलागीबाट अन्दाजी ३ लाख ८० हजार बरारबरको क्षति भएको लालबन्दी नगरपालिका १३ का वडा अध्यक्ष मोहन कृष्ण वैद्यले बताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here