रौतहट ३१ चैत । रौतहट । वैदेशिक रोजगारीका लागि मलेसिया गएका एकजना रौतहटटेलि युवकको दुर्घटनामा परि ज्यान गएको छ । रौतहटको कटहरिया नगरपालिका १ साबिक भसेढवा ३ का ४० बर्षिय संतोष राम महराको मलेसिया स्थित सडक दुर्घटनामा परि ज्यान गएको हो । मलेसिया स्थित फिल्डा पलान्टेसनमा गत शुक्रबार दिउँसो १२ बजे काम सकेर महरा मोटरसाइकलमा कतै काम बिशेषले गैइरहेका थिए । सोही क्रममा फिल्डाको जंगलमा मोटरसाइकल दुर्घटना भै उनको घटना स्थलमै मृत्यु भएको काठमाडौ सिनमंगल स्थित ओमेगा ईन्टरनेसनल मैनपावरका संचालक नवराज लुइँटेलले रातोपाटिलाई जानकारी दिए । उनको शव मलेसिया स्थित एक अस्पतालमा पोष्टमार्टमभै राखिएको छ । नेपाली दूतावास मार्फत महराको शव नेपाल ल्याउने प्रयास भैरहेको छ तर मलेसियामा केही स्थानमा कोभिड १९ को कारण लकडाउन रहेकाले शव आउन केहिसमय लाग्ने मैनपावर संचालक लुइँटेलले जानकारी दिए । मृतक संतोषराम महरा मलेसिया स्थित फिल्डा पलान्टेसन कम्पनीमा पछिल्लो डेढ बर्षदेखी काम गर्दै आएका थिए । उनको परिवारमा श्रीमति र २ जना छोरा रहेको पीडित परिवारले जनाएको छ ।यसै बीच कटहरिया नगरपालिकाका मेयर सियाराम कुश्वाहाले घटना बारे बुझ्न् र पीडित परिवार ले पाउने सुबिधा का लागि आजै आफू काठमाडौ गइरहेको बताएका छन ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here