मौलापुर ३० चैत । रौतहटको मौलापुर नगरपालिका औपचारिक रूपमा धुंवामुक्त घोषणा गरिएको छ । मौलापुर नगरप्रमुख रिना कुमारी साहले सोमबार एक कार्यक्रमका बीच नगरक्षेत्रलाई धुंवामुक्त घोषणा गरेकी हुन ।
आफ्नो कर्मथलो रौतहट क्षेत्र नम्बर ३ लाई धुवाँ चुल्हो मुक्त बनाउने शहरी विकास मन्त्री प्रभु साहको चुनावी प्रतिबद्धता अनुरुप मौलापुर १ मर्यादपुरमा तिनसय ४३ र वडा २ मर्यादपुरमै ८४ गरी कुल चारसय ८७ घर परिवारलाई ग्यास सिलिन्डर र चुल्हो वितरण गरिएको छ । यससंगै नगरक्षेत्रको सम्पुर्ण परिवारमा निशुल्क ग्यांस सिलिन्डर तथा चुल्हो बितरण कार्य पूरा भपछी धुंवामुक्त घोषणा भएको प्रमुख प्रशासकिय अधिकृत रामबाबु साहले जानकारी दिएका छन । मेयर रीनाकुमारी साह, एमाले नेताहरु त्रिभुवन साह ,नागेन्द्र साह, मर्यादपुरका पुर्व गाविस अध्यक्ष नागेन्द्र यादव, नेता ठगा दास, राजेश रौनियार लगायतको उपस्तिथिमा ग्यास सिलिन्डर तथा चुल्हो वितरण कार्यक्रम सम्पन्न भएको छ ।मौलापुर नगरक्षेत्र अन्तरगत हालसम्म नौ हजार पाँचसय ७० थान ग्यांस सिलिन्डर तथा चुल्हो निशुल्क बितरण भैसकेको मौलापुर नगरपालिकाको तथ्यांकमा उल्लेख रहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here