चन्द्रपुर,२ बैशाख । मध्य तराईकै प्रसिद्ध पर्यटकिय स्थल नुनथरमा नयाँ बर्षको दिन राम्रै खालको नाटक देखियो । नुनथर क्षेत्र विकास समितिले नयाँ बर्षको दिन पिकनिक मनाउनका लागि आएका सर्बसाधारणले ल्याएको सवारी साधानको मनपरी शुल्क असुलेको भन्दै पौराईकै स्थानीय बासिन्दाले चर्को बिरोध गरेका थिय । नुनथर क्षेत्र विकास समितिले नगरपालिकाको छाप लगाएर नुनथरमा पिकनिक खान थाले मान्छे र सवारी साधानसंग शुल्क लिने गरेकामा नयाँ बर्षको दिन सादा बिल काटेको भन्दै स्थानीयले ब्यापक बिरोध गरेका थिय । सादा बिलमा पांच सय एक बसको शुल्क लिएको भएपनि ओसी खाली रहेको भन्दै स्थानीयले बिरोध गरेको स्थानीय बासिन्दा लक्ष्मण न्यौपानेले बताए । नुनथर क्षेत्र विकास समितिको नाममा सो स्थानमा लिईने शुल्क न त नगरपालिमा जान्छ , नत नुनथर क्षेत्र विकास समितिमा जान्छ त्यसको बिषयमा छानबिन हुनुपर्छ न्यौपानेले भने । चन्द्रपुर नगरपालिकाले नुनथर क्षेत्रलाई ठेक्कामा लगाएको भएपनि केही राजनैतिक दलको प्रेसरमा ठेक्का बिचमै खारेज गरेको थियो । स्थानीयले नुनथर क्षेत्रमा नगरपालिकाले ठेक्का लगाउनु पर्ने माग गर्दे आएका छन् । सो स्थानमा अहिले उठने रकमको लेखाजोखा नहुने गरेको स्थानीयको भनाइ रहेको छ । पार्किङको नाममा मनलाग्दी असुल भएको बिषयमा नुनथर क्षेत्र विकासका सदस्य दण्ड बहादुर पुलामीले आफुहरुसंग गल्ती भएको स्विकार गरेका थिय । यता नुनथरको बागमती खोलामा चल्ने मोटर बोर्डले समेत नगरपालिकालाई राजश्व नतिरी मोटर बोट संचालन गर्दै आएको छ । बागमतीमा मोटर बोट संचालन गर्दै आएको कंम्पनीले एक संस्था कंम्पनी एनमा दर्ता गरेर कहि कसैलाई राजश्व नतिरी मनलाग्दी शुल्क लिएर मोटर बोट संचालन गर्दै आएको एक स्थानीयले तराई एक्सप्रेसललाई जानकारी दिएकाछन् । पछिल्लो समय नुनथरका नाममा हुदै आएको बिभिन्न नाटकको बिषयमा चन्द्रपुर नगरपालिका मौन रहेका कारण नगरपालिकाले पाउने लाखौं राजश्व मर्दै आएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here