चन्द्रपुर,२ बैशाख । पुर्व पश्चिम राजमार्गको चन्द्रनिगाहपुर स्थित मुख्य चोक यतीबेला फटपाथे ब्यापारीको कब्जामा छ । सवारी गुडने राजमार्गसंगै टंसाएर ठेला वालाले फलफुल ब्यापार गरेका कारण सो स्थानमा दुर्घटनाको खतरा बढदै जान थालेको छ । चन्द्रनिगाहपुरको मुख्य चोकमा रहेको गैडाटार जाने बाटो देखी हिमालय गेष्ट हाउस सम्मको सडक यतीबेला ठेलावालाको कब्जामा रहेको छ । सडक अगाडी घर भएका घर धनीले मासिक रकम लिएर दुर्घटनालाइ निम्तो दिएको चन्द्रनिगाहपुरका स्थानीय युवा रबीराना मगरले बताए । चन्द्रपुर नगरपालिकाले बेला बेलामा फुटपाथको ठेला हटाउने गरेको भएपनि त्यस तर्फ कुनै चासो नदिएको रानाले बताएकाछन् । पुर्व पश्चिम राजमार्गको सवारी गुडने कालोपत्रेलाईनै छुने गरी म्याजिक पार्क हुने र म्याजिक पार्क संगै टंसाएर राखिएका फलफुलका ठेलाका कारण चन्द्रनिगाहपुरको मुख्य चोकको स्वरुपनै बिग्रदै जान थालेको स्थानीयको भनाइ रहेको छ । यता मान्छे हिंडने बाटोमा समेत ठेलाको लाईन भएका कारण पैदल यात्रुहरु ज्यान हत्केलामा राखेर सवारी गुडने पिच बाटो हुदै हिंडन बाध्य हुदै आएका छन् । जिल्ला ट्राफिक प्रहरी कार्यलय चन्द्रनिगाहपुरका प्रमुख प्रहरी निरीक्षक शैलेश न्यौपानेले राजमार्गको फुटपाथ हटाउने काम नगरपालिकाको भएको बताए । उनले भने नगरपालिकाले फुटपाथ हटाउन चासो नदिदा मान्छे हिडने सडक पेटीमै ठेला ब्यापारीले पसल राख्दा समस्या आएको बताए । चन्द्रपुर नगरपालिकाका प्रमुख रामचन्द्र चौधरीले सो स्थानको फुटपाथ हटाउने बिषयमा आफुले तत्काल चासो लिने बताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here