जंगलसहिया,३ बैशाख ।
आश्रय निर्माण सेवाले गुणस्तरहिन काम गरेको स्थानीयले बताएकाछन् । जंगलसहियामा बन्दै गरेको करिव तीन किलोमिटर सडक पिचको काम गुणस्तरहिन भएको स्थानीयको भनाइ रहेको छ । डिभिजन सडक कार्यालय चन्द्रनिगाहपुरको मिलोमतोमा सडक निर्माणको काम गुणस्तरहीन भईरहेको स्थानीय संजय चौधरीले बताए । ठेकदार कम्पनी आश्रय निर्माण सेवाका प्रमुख सन्तोष साह र डिभिजनका निमित्त प्रमुख नरेश प्रसाद केशरीको मिलोमतोमा जंगलसैया–धन्सार सडकखण्डको कालोपत्रे गुणस्तरहीन भएको स्थानीयको आरोप छ ।
गुजरा नगरपालिका ३ जंगलसैयादेखि जंगलबिच तीन किलोमिटर कालोपत्रे निर्माणको लागि आश्रयले सडक डिभिजन कार्यालय चन्द्रनिगाहपुरबाट टेण्डर मार्फत ठेक्का लिएको हो । उक्त सडकको कालोपत्रे गुणस्तरहीन भएको भन्दै स्थानीयले पटक–पटक निर्माणको काम अवरुद्ध गर्दै आएका छन् ।
ठेकदार कम्पनीले मापदण्ड बिपरित गुणस्तरहीन सडक निर्माण गर्दा हामीले काम रोकेका थियौं, एकजना स्थानीय युवराज ज्ञवालीले भने । तर अवसरमा सडक डिभिजन कार्यालयका कर्मचारीहरू आएर काम सुचारु गरायो । तर गाउबस्ती बाहिर जंगलतर्फ पुगेपछि गुणस्तरहीन काम गरेको उनको दाबी छ । ३० सेन्टीमिटर कालोपत्रे गर्दा राम्ररी रोलींङ गररे प्राईमलकोट राख्दा बाटो टिकाउ हुन्छ । साहले उक्त बाटो निर्माण गर्दा बाटोमा पानी हालेर राम्ररी रोलींङ गर्नुको सट्टा जथाभावी गरेकाले निर्माण भईरहेको कालोपत्रे ६ महिना पनि नटिक्ने समाजसेवी ज्ञवालीले ठोकुवा गरेका छन् । पिच सडक समान्य सवारी चल्दानै भत्कन थालेको भन्दै स्थानीयले सम्बन्धीत निकायमा पटक पटक जानकारी गराउदा समेत अटेर गर्दै आएको स्थानिय बासिन्दा संजय चौधरीले बताएका छन् । चौधरीका अनुसार नामको मात्र पिच भएको हो ।
डिभिजन सडक चन्द्रनिगाहपुरका निमित्त प्रमुख नरेश केशरीसग प्रतिकृया लिन खोज्दा सम्पर्क हुन सकेन । पछिलो केही समय यता रौतहटमा डिभिजन सडकका कर्मचारी र ठेकदारकै मिलोमतोमा सडक निर्माणको काम गुणस्तरहीन हुदै आएकाले माथिल्लो नियमनकारी निकायले ध्यान दिन जरुरी देखिन्छ । सो बिषयमा सडकका ईन्जिनियर बिनोद बिनोद कुमार साहले सडकमा पहिला नराम्रे काम भएको भएपनि पछिल्लो समय राम्रो काम भएको तराई एक्सप्रेसलाई बताए ।
ठेकेदार साहले आफ्नो काम राम्रो भएको बताए । तर स्थानीयले आश्रयको काम गुणस्तरहिन भएको र त्यो धेरै नटिक्ने भन्दै पटक पटक काम रोक्दै आएका छन् ।