गरुडा,३ बैशाख । रौतहट जिल्लाका बिभिन्न स्थानीय तह तथा वडालाई धुवा मुक्त बनाउने भन्दै नगरको बजेटले ग्यास सिलिण्डर र चुलो बितरणले तिब्रता पाएपनि तीनै स्थानीय तहका नागरिक भने गोबरको गुइंठा बाल्न र बनाउन बाध्य रहेका छन् । बिगत केही बर्ष यता रौतहटका बिभिन्न नगरपालिकाले आफ्ना नगरका नागरिक धुवाबाट मुक्त हुन भन्नका लागि ग्यास र चुलोमा रकम खर्च गर्दे आएको भएपनि आम सर्वसाधारणको घर अगाडी गोबरको गुइंठा भने हट्न सकेको छैन् । केही दिन पहिला जिल्लाको मौलापुर नगरपालिका औपचारिक रूपमा धुंवामुक्त घोषणा गरिएको छ । तर सोही नगरका बिभिन्न वडाका घरका अगाडी बग्रेन्ती गोबरका गुइंठा देख्न सकिन्छ । मौलापुर १ मर्यादपुरमा तिनसय ४३ र वडा २ मर्यादपुरमै ८४ गरी कुल चारसय ८७ घर परिवारलाई ग्यास सिलिन्डर र चुल्हो वितरण गरिएको छ । यससंगै नगरक्षेत्रको सम्पुर्ण परिवारमा निशुल्क ग्यांस सिलिन्डर तथा चुल्हो बितरण कार्य पूरा भपछी धुंवामुक्त घोषणा भएको प्रमुख प्रशासकिय अधिकृत रामबाबु साहले जानकारी दिएका छन । साहको भनाइमा कुनै तुन नरहेको र अधिकांस घरमा गोबरको गुईठानै बल्ने गरेको एक स्थानीय बासिन्दाले बताए । जिल्लाका अधिकास सिलिण्डर ग्यास चुलो बितरण गर्ने नगरपालिकामानै सबैभन्दा धेरै गोबरको गुईठा प्रयोग हुनेगरेको स्थानीयले जानकारी दिएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here