चन्द्रपुर,३ बैशाख । राष्ट्रिपति रनिङ शिल्ड खेलकुद प्रतियोगिता नहुंदा रौतहट लगाएत प्रदेश २ का खेलाडीहरु बिगत दुई बर्ष देखी प्रतियोगितामा खेल्न बाट बन्चित भएका छन् । गत बर्ष कोरोनाका कारण राष्ट्रिपति रनिङ शिल्ड प्रतियोगिता हुन सकेन् । त्यस भन्दा पहिलाको बर्षमा समेत प्रदेश २ मा राष्ट्रिपति रनिङ शिल्ड प्रतियोगिता हुन सकेन् । यस बर्ष देशका अन्य प्रदेशमा राष्ट्रिपति रनिङ शिल्ड प्रतियोगिता धमाधम भईरहेको भएपनि प्रदेश २ का कुनै पनि जिल्ला र स्थानीय तहमा राष्ट्रिपति रनिङ शिल्ड प्रतियोगिता हुन सकेको छैन् ।
प्रदेश २ को सामाजिक विकास मन्त्रालयको चरम लापारवाहीका कारण यो प्रदेशमा राष्ट्रिपति रनिङ शिल्ड प्रतियोगिता हुन नसकेको खेलकर्मीहरुको भनाइ रहेको छ । सामाजिक विकास मन्त्रालयको कारण प्रदेश २ मा प्रतियोगिता हुन नसकेको मध्यामाञ्चल क्षेत्रिय खेलकुद विकास समिति प्रदेश २ का कार्यलय प्रमुख मोहमद ज्याहुल हकले बताए । सामाजिक विकास मन्त्रालयले प्रदेश स्थानीय तहमा खेल संचालनका लागि बजेट नपठाएका कारण प्रदेश २ का जिल्लामा प्रतियोगिता संचालन हुन नसकेको उनको भनाइ रहेको छ । सरकारी तवरबाट संचालन हुने राष्ट्रिपति रनिङ शिल्ड प्रतियोगिता नहुदा तीन बर्ष पहिला भएको राष्ट्र ब्यापी राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगितामा प्रदेश २ को सहभागिता हुन सकेको थिएन् । राष्ट्रिपति रनिङ शिल्ड प्रतियोगिता हुन नसक्दा खास गरेर एथलेष्टीक ,हाइजम्प ,लङ जम्प , भलिभल ,कवडी ,कराते ,तेक्वादो लगाएतका खेलाडी प्रतियोगितामा सहभागि हुनबाट बन्चित रहेका छन् । सरकारी तवरबाट हुने यस्ता प्रतियोगिता संचालन गर्न प्रदेश २ सरकार पछाडी परेका कारण खेल क्षेत्रमै प्रदेश २ पछाडी परेको सिराहाको गोलबजारका कराते प्रशिक्षक कसम लामाको भनाइ रहेको छ । देशका अन्य जिल्ला र स्थानीय तहमा राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिता समेत देश ब्यापी रुपमा हुने प्रतियोगितामा जुटिरहेका बेला प्रदेश २ का खेलाडी भने अन्यौलमा रहेकाछन् । विद्यालय स्तरबाट खेलाडी छनौट गरेर राष्ट्रिय स्तरको प्रतियोगितामा सहभागिता हुने अवसरबाट प्रदेश २ का खेलाडी बन्चित हुदै आएको भएपनि प्रदेश सरकारको ध्यान त्यस तर्फ जान नसकेको फुटबल संघ प्रदेश २ का अध्यक्ष नेपाल कार्कीको भनाइ रहेको छ । रौतहट लगाएतका प्रदेश २ का जिल्लाका स्थानीय तहले राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिता संचालनका लागि प्रदेश सरकारले बजेट नपठाएका कारण प्रतियोगिता संचलान हुन नसकेको बताउदै आएका छन् । जिल्ला खेलकुद विकास समिति रौतहटका कार्यलय प्रमुख बिरेन्द्र ढुंगानाले स्थानीय तहले आ आफ्नो पालिका स्तरिय खेल छनौट गरेर जिल्लामा पठाएपछि जिल्ला स्तरिय छनौट गरेर आफुहरु प्रदेश स्तरिय छनौटका लागि पठाउने ब्यावस्था भएको भएपनि पछिल्लो केही बर्ष देखी जिल्ला स्तरिय छनौटनै हुन नसकेको बताए । अन्य खेलका जिल्ला स्तरिय ,प्रदेश स्तरिय र राष्ट्रिय स्तरका प्रतियोगिता हुने गरेको भएपनि सरकारी तवरबाट हुने प्रतियोगिताका लागि कुरेर बस्नु पर्ने एथलेष्टीक खेलका खेलाडी राष्ट्रपति रनिङ शिल्ड नहुदा मारमा परेको एथलेष्टीकका स्वयमसेवक प्रशिक्षक मालिक चौधरीले गुनासो गरे ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here