चन्द्रपुर,३ बैशाख । विकास निर्माणको नाममा रौतहट जिल्लाका खोलामा मनपरी दोहन हुने क्रम रोकिन सकेको छैन् । जिल्ला अनुमगन समिति पदाधिकारीहरुको मिलोमतोमा रौतहट र सर्लाही जिल्लाको नदीहरुमा ब्यापक रुपमा दोहन भइरहेको स्थानीयको भनाइ रहेको छ । रौतहटको बकैया, चा“दी, वागमती, झाझ, लखनदेइ, सहित चुरेबाट निस्कने खोलाहरुमा वातावरणिय मुल्यांकन प्रतिवेदन अनुसार खोलाजन्य पदार्थ उत्खन्न् गर्न स्थानिय निकायहरुले ठेक्का लगाएको भएपनि ठेकेदार कम्पनीहरुले आफु खुसी मेशिनको प्रयोग गरेर मापदण्ड विपरित खोला दोहन गरिरहेको स्थानीयको भनाइ रहेको छ । रौतहट जिल्लामा दर्ता रहेका १० वटा क्रसर उद्योग मध्ये ८ वटा संचालनमा रहेको छ भने ६ वटा क्रशरले वासिंग गर्नका लागि इजाजत लिएको जिल्ला घरेलु तथा उद्योग कार्यालय गौरले जनाएको छ । संचालनमा रहेका क्रसर उद्योगहरु र मेटिरियल लिन विभिन्न स्थानीय तहले खोलाजन्य बस्तु उत्खनन गर्न लगाएको ठेक्केदार कम्पनीबाट किनेर भण्डारण गरिरहेको अवस्था छ भने अर्को तिर क्रसर उद्योग संग विक्री गर्न उत्खननको जिम्मा पाएका कम्पनीले खोलामै मेशिन लगाएर मापदण्ड विपरित ठूल ठूला खाडल बनाएर गिटी, बालुवा, ढुंगा, ग्राभेल झिक्दा वातावरिण असर परिरहदा जिल्ला अनुगमन समिति अनिभिज्ञ रहेको आरोप स्थानीयहरुले लगाएका छन् । गढीमाईको समनपुर, लक्ष्मिपुर, टोकार, वृन्दावनको रमौली, हर्दिया, विश्राम्पुर, चन्द्रपुरको चा“दी, पौराइ स्थित वागमती, गुजराको धनसुर, जंगलसहिया, फतुवा विजयपुरको गर्जा, रांगी, लक्ष्मिनिया लगायतको घाटहरुमा मेशिनको प्रयोग गरेर जथाभावी उत्खखन गरिरहेको पाइएपनि अनुमगनको नाममा झारो टार्ने कार्य भईरहदा वातावरणमा प्रत्यक्ष असर परिरहेको स्थानीयहरु बताउ“छन् । यता सर्लाहीको वागमती नगरपालिकाको कर्मैया स्थित वागमती नदीमै क्रशर राखेर उत्खनन गरिरहदा सर्लाही प्रहरी प्रशासन मुकदर्शक बनेर बसेका छन् । सञ्चालनमा रहेका क्रसर उद्योगहरु पनि मापदण्ड विपरित सञ्चालनमा रहेको तर अनुगमन भएपनि जिल्लामा रहेका कुनैपनि क्रसर उद्योगहरु बन्द भएका छैनन् । सर्लाहीमा पटक÷पटक नयाँ प्रमुख जिल्ला अधिकारी आए पछि हुने गरेको मौसमी अनुगमनले जिल्लामा भएको नदी दोहन र अवैध क्रसर सञ्चालनकर्तामा कुनै परिवर्तन आएको छैन् । अनुगमन समितनै अबैध रुपमा खोला उत्खनन गर्नेको साठगाठमा रहेकोले रौतहटका खोलामा मापण्ड बिपरित खोला दोहन भएको स्थानीयको भनाइ रहेको छ । ठेकेदार कंम्पनीले खोलामा बनाएका खाल्डामा बर्षाको बेलामा सर्बसाधारण डुबेर मर्ने अवस्था रहेको स्थानीय बासिन्दा सरोज बछारले बताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here