बागमती,४ बैशाख । आफुलाई दादा ,मालवाला भनौदाको प्रभावमा रौतहटको नुनथर क्षेत्रमा केही अराजक तत्वले नगरपालिकाको राजश्व समेत निमिट्यान्न गर्ने गरी ढुंगा तथा बोट संचालन गरेकाछन् । यस्तो बिषयमा चन्द्रपुर नगरपालिका समेत मौन रहेको छ । रौतहटको चन्द्रपुर १ मा रहेको नुनथर क्षेत्र स्थित बागमती नदीमा संचालनमा रहेको मोटरबोट नगरपालिकाको स्विकृत बिनानै संचालन रहेको छ । सम्वन्धित निकायबाट स्विकृती नलिइ बागमती दिनमा मोटरबोट संचालन गरेको भन्दै स्थानियले बिरोध समेत गरेका छन । एकबर्ष अघि देखी नुनथर क्षेत्रको बागमती नदीमा मोटरबोट संचालनमा छ । पछिल्लो दिनहरुमा ५ वटा मोटरबोट संचालनमा रहेको छ । एकजना यात्रुको एकसय ५० भाडा उठाउने गरीएको छ । बागमती इन्टरटेनमेन्ट प्रालिले पर्यटकिय चन्द्रपुर बिकास समिती नामक सस्था संगको सहकार्यमा मोटरबोट संचालन गरी एक व्यक्ति बराबर एकसय ५० उठाउने गरेको हो । संचालक आफैले भाडाको दर तोकेर लिन नपाउने नगरकार्यपालिका को बैठकले तोक्नुपर्ने, मोटरबोट संचालन गर्ने स्थान र क्षेत्र नगरपालिकाले तोक्नुपर्ने चन्द्रपुर नपाका एक नगरकार्यपालिका सदस्यले बताएका छन । एकबर्ष देखी लाखौ रकम निजी कम्पनीले सर्वसाधारणबाट असुली गरीरहेपनि सरोकारवाला निकायले ध्यान नदिएको पौराइका अशिकाश स्थानियले गुनासो गरेका छन । स्थानिय तहको ऐनमा मोटरबोट संचालनका लागी नगरपालिका संग स्विकृती लिनुपर्ने उल्लेख छ । बन क्षेत्रमा रहेकाले बन कार्यालय संग समेत स्विकृती लिनुपर्ने नियम छ । नुनथर धार्मिक बन दर्ता रहेकाले धार्मिक बन संगपनि समन्वय हुनुपर्ने बताइएको छ । सुरक्षा मापदण्ड बिना नै मोटरबोटमा यात्रुहरु राख्ने गरीएको छ । दक्ष चालक नहुनु , सुरक्षा र उद्धारका सामाग्री बिना नै मोटरबोट संचालनगर्दा जोखिम बढेको गुनासो छ । नुनथर क्षेत्रमा दैनिक सयौ मानिस घुम्न आउने गरेका छन । चैत बैसाखमा नुनथर क्षेत्रमा बनभोज तथा घुम्न आउनेको घुइचो नै लाग्ने गरेको छ । ती मध्ये अधिकाश मोटरबोट चढ्छन । तर उनीहरुले तिरेको पैसा कहा जान्छ भन्ने कुनै निकायलाइ जानकारी छैन । बागमती नदीमा मोटरबोट संचालनगरी रकम उठाइरहेको कम्पनीले सुरक्षा मापदण्ड अपनाएर यात्रुहरु चढाउने गरेको दावी गरेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here