रौतहट,५ बैशाख । नेपाल आयल निगमले आज देखी फेरि पेट्रोलियम पदार्थको मूल्य बढाएको छ ।
शनिबार राति १२ बजेदेखि लागू हुने गरी पेट्रोल र डिजेल र मटितेलमा प्रतिलिटर १ रुपैया मूल्य बढाएको हो । गत चैत २२ गते पनि निगमले मूल्य बढाएको थियो । अब काठमाडौंको लागि नया खुद्रा बिक्री मूल्य पेट्रोलको प्रतिलिटर १२१ र डिजेल र मटितेलको १०४ रुपैया तय गरिएको छ । निगमका अनुसार आन्तरिक उडानको लागि प्रयोग गरिने हवाई इन्धनको मूल्यमा २ रुपैयाँ प्रतिलिटरले वृद्धि गरी गरेर ७६ रुपैयँ कायम गरिएको छ । एलपी ग्यास तथा अन्तर्राष्ट्रिय उडानको लागि प्रयोग गरिने हवाई इन्धनको खुद्रा बिक्री मूल्य भने हाललाई यथावत नै राखिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here