गौर,६ बैशाख । रौतहटमा केही दिनयता कोरोना संक्रमण दर बढदै गएको पाइएको छ । ४ दिनको अन्तरालमा रौतहटका शिक्षक सहित २२ जनामा कोरोना संक्रमण पुष्टी भएको छ । रौतहटको गरुडा नगरपालिकाको पिपरिया माध्यमिक विद्यालयमा कन्ट्रयाक्ट ट्रेसिंगमा रहेका केही शिक्षक सहित २२ जना कोरोना संक्रमित पुष्टि भएको हो ।
गरुडा नगरपालिका वडा नम्वर ७ पिपरिया गाउँमा रहेको माध्यमिक विद्यालयका एक जना शिक्षक तीन दिन अघि कोरोना संक्रमित भएपछि उक्त विद्यालयका शिक्षकहरुलाई कन्ट्रयाक्ट ट्रेसिंगमा राखिएको थियो ।
उनीहरुको शनिवार स्वाब परिक्षण गर्दा कोरोना संक्रमित पुष्टी भएको थियो । आइतबार पनि ३ जनामा कोरोना पोजेटिभ देखिएको रौतहटका प्रमुख जिल्ला अधिकारी इन्द्रदेब यादबले जानकारी दिए । शनिवार १५ जनाको परिक्षण गर्दा शिक्षक सहित १० जना कोरोना संक्रमित भएको थियो । आइतबार सम्म रौतहटमा २२ जना सक्रिय संक्रमित रहेको प्रजिअ यादबले बताए । कोरोना संक्रमित भएका शिक्षकहरुले अध्यापन गराउने विद्यालयलाई एक साता सम्म बन्द गर्न निर्देशन दिएको प्रजिअ यादबले बताए ।
रौतहटमा कोरोना संक्रमित बढदै गएको भए पनि अझै आइसोलेसन संचालनमा आउन सकेको छैन । गौर,देबाही गुनाही र चन्द्रपुरमा आइसुलेसन निमार्ण गरिएको छ । आइसुलेसन संचालनमा नआउदा कोरोना संक्रमितहरु अहिले होम आइसोलेसनमै बसेका छन् ।
कोरोना संक्रमित भएका विरामीहरु होम आइसोलेसनमा रहेर उपचार गर्न अनुरोध गर्दै विगतमा संचालनमा रहेका आइसोलेसनलाई पुनः संचालने तयारी भइरहेको प्रमुख जिल्ला अधिकारी यादबले बताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here