काठमाण्डौं, ७ वैशाख । भारत भ्रमणबाट धार्मिक यात्रा सकेर स्वदेश फर्किएका पूर्वराजा ज्ञानेन्द्र शाह र उनकी पत्नी कोमल शाहलाई कोभिड–१९ संक्रमण पुष्टि भएको छ । भारतको हरिद्वारमा लागेको कुम्भ गंगा स्नान मेलाबाट भ्रमण गरेर स्वदेश फर्किएका पूर्व राजा शाह दम्पतीले कोभिड परीक्षण गराएका थिए । उक्त परीक्षणमा उनीहरुको रिपोर्ट पोजेटिभ आएको स्वास्थ्य मन्त्रालय स्रोतले जनाएको छ । श्रोतका पूर्व राजा शाह दम्पतीलाई कन्ट्याक्ट ट्रेसिङ सुरु गरिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here