रुपेन्द्र पटेल
चन्द्रनिगाहपुर, ८ बैशाख ।
लामो समय देखि वर्षा नहुंदा रोतहटको तापक्रम ह्वात्तै बढेको छ । यो पटक हिउदमा पनि राम्रो वर्षा भएन भने हालसम्म पनि वर्षा भएको छैन । जसले गदौ मौसममा तापक्रम एकाएक वृद्धि भएको छ । चर्काै गर्मिमा चिसो पिय पदार्थ सबैको पहिलो रोजाई हुन जान्छ । शरिरवाट पशिनाको माध्यमवाट वगेको पानीको मात्रा परिपुर्तीका लागि अन्य समय भन्दा गर्मी मौसनमा पिय पदार्थ वढी प्रयोग गर्नु अति आवश्यक मानिन्छ । त्यसैले गर्मी बढे संगै बजारमा हरेक वर्ष चिसो पिय पदार्थको माग ह्वात्तै बढ्छ र यो वर्ष झनै त्यो मात्रै बढेको छ । रौहतटमा अत्याधिक गर्मि बढेसंगै चिसो पिय पद्धार्थहरु कोक, फेन्टाको बिक्रि बढेको हो । रौतहट सदरमुकाम गौर, गरुडा, कटहरिया समनपुर लगाएत बजारका होटल तथा चोकचोकमा चिसो पिय पद्धार्थहरुको व्यापार गर्नेहरुको संख्या पनि बाक्लै देखिन थालेको छ । गौर बजारमा उखु, सर्वत, वरफ, कुल्फी, आइसक्रीमको व्यापार एकाएक बढेको स्यानिय व्यापारी हरि किशोर साह बताउ“छन् । गर्मी छल्न, तथा तिर्खा मेटाउन मानिसहरुले चिसोखाने गरेका कारण चिसोको व्यापार बढेको हो । एका एक चिसोपियपद्धार्थको बिक्रि बढेपछि व्यवसायीहरुलाई पु¥याउनै हेम्मेहम्मे परेको छ । दैनिक उखुको रस पेल्दै आएका गौरका प्रेम प्रसाद गुप्ताले विहान देखि साझँ सम्म चिसो पिउनेहरुको भिड लाग्ने गरेको तराई एक्सप्रेसलाई बताए । विहानै देखि चिसो खान आउनेहरुको भिड हुन्छ, अत्याधिक गर्मीका कारण धेरै मानिसहरु उखुको जुस पिउन आउने गरेको बताएका छन् । चन्द्रनिगाहपुरका एकजना डेरी सञ्चालकहरुले पनि कुल्फी, आइसक्रिमको विक्री वितरण बढेको बताउ“छन् । एका तिर विद्युत हुदैन विद्युत भएको समयमा उत्पादन गरेको माल एकै छिनमा सकीन्छ । शिव शम्भु डेरी सञ्चालक निर्मल भट्टराईले भने । वजारका पसलहरुमापनि कोक, फेन्टा स्प्राइट, जस्ता चिसोपिय पद्धार्थ पिउनेहरुको बढको र राम्रो व्यापार हुने गरेको छ । उनले पनि चिसोको व्यापार बढेको बताए । त्यसैगरी जिल्लाका ग्रामीण भेगमा समेत पियपद्धार्थको बिक्रि बढेको छ । यता पियपद्धार्थको बिक्रि बढेसंगै ब्यापारीहरुको समेत मनलाग्दी बढेको उपभोक्ताहरुले बताएका छन् । किराना तथा डेरीमा ४० रुपैयामा पाईने डियु तथा कोकाकोलाको मुल्य होटेलहरुमा ५० रुपैयामा बिक्रि हुने गरेको चन्द्रनिगाहपुरका स्थानिय उपभोक्ता बसन्त लामाले बताएका छन् । पछिल्लो समय रौतहटको बजार अनुगमन अहुदा उपभोक्तहरु ठगिन बाध्य भएका छन् । चाडबाडमा मात्र बजार अनुगमन गर्ने र अन्य दिनमा बजार अनुगमन नहुदा उपभोक्ता ठगिन बाध्य भएको उपभोक्त हित संरक्षण मञ्चका अध्यक्ष टिका घिमिरेको भनाई रहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here