वीरगंज,८ बैशाख । जिल्ला प्रहरी कार्यालय पर्साले ७ वर्षीय बालिकालाई जबर्जस्ती करणी गरेको आरोपमा १ जनालाई पक्राउ गरेको छ । वीरगञ्ज महानगरपालिका वडा नम्बर २४ मा कोठा गरी बस्ने बालिकालाई जबर्जस्ती करण गरेको आरोपमा सोही ठाउँका ३६ वर्षीय प्रमोद सर्राफलाई प्रहरीले पक्राउ गरेको हो । आमा बुबा कामको लागि ३ जना छोराछोरीलाई कोठामै छोडेर बाहिर गएको मौका छोपी सर्राफले सोमवार दिउसो साढे १२ बजे ७ वर्षीय छोरीलाई १० रुपैया दिएर ललाई फकाई आफ्नै घरमा लिएर जबर्जस्ती करण गरेको छोरीको भनाईलाई उद्धृत गर्दै छोरीका बुबाले जाहेरी दिएपछि प्रहरीले खोजी गरेको थियो । सोही जाहेरीको आधारमा जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको प्रहरीले मंगलवार सर्राफलाई पक्राउ गरेको हो । सर्राफविरुद्ध जबर्जस्ती करणी मुद्दामा पर्सा जिल्ला अदालतबाट ७ दिनको म्याद अनुमति लिई घटनाबारे आवश्यक अनुसन्धान शुरु गरिएको पर्साका प्रहरी प्रवक्ता एवम् प्रहरी नायब उपरिक्षक ओमप्रकाश खनालले जानकारी दिए ।