रुपेन्द्र पटेल
चन्द्रनिगाहपुर, ८ बैशाख ।
कोरोनाको दोश्रो लहरले रौतहटमा संक्रमितको संख्या बढदै गए पछि जिल्ला प्रशासन कार्यालयले स्वास्थ्य सुरक्षाका लागी कडाइ गरेको छ । समुदायस्तरमा कोरोना संक्रमण रोक्न सचेत गराउदै रौतहट प्रहरीले सर्वसाधारणको आवागमनको चेक जाचमा कडाइ गर्नुका साथै मास्क नलगाउनेलाई धमाधम जरिमाना काटिरहेको छ । चन्द्रनिगाहपुर क्षेत्रमा माक्स नलगाउँने लाई प्रहरी संगै ट्राफिक धमाधम कारवाही गरिरहेको ईलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरले जनाएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here