गौर,८ बैशाख । कोरोनाको दोश्रो लहरले रौतहटमा संक्रमितको सँख्या बढदै गए पछि जिल्ला प्रशासन कार्यालयले स्वास्थ्य सुरक्षाका लागी कडाइ गर्न थालेको छ । रौतहटमा हाल २९ जनामा कोरोना संक्रमण पुष्टी भएको छ । बैशाख १ देखी ६ गते सम्म भएको ४७ परिक्षणमा २९ जना संक्रमित भेटिएका हुन । संक्रमण बढदा समेत स्थानियले सचेतना नअपानाए पछि जिल्ला प्रशासन कार्यालयले मास्क नलगाउनेलाई नगद जरिवाना गराउने निर्णय गरेको छ । मंगलबार बसेको जिल्ला कोभिड संकट व्यवस्थापन केन्द्रको बैठकले मास्क नलगाउनेलाई एक सय रुपैंया जरीवाना गर्ने, प्रत्येक पालिकाहरुमा क्वारेन्टीन स्थापना, गौर अस्पतालमा २५, धरहरीमा १ सय र चन्द्रनिगाहपुरमा ४० बेडको आइसोलेसन सेन्टर स्थापना गर्ने निर्णय गरेको प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले बताए । अवस्था हेरेर गौरमा थप दुई वटा आइसोलेसन निर्माण गर्ने निर्णय समेत भएको छ । प्रमुख जिल्ला अधिकारी यादवले भने ‘होम आइसोलेसनमा रहेका व्यक्तिहरुले मापदण्ड पालना नगरेमा त्यस्ता संक्रमितलाई सामुदायीक क्वारेन्टीनमा राखिने छ ।’ सिमा नाकाहरुमा समेत सुरक्षाकर्मीहरुले निगरानी बढाएको उनले बताए । गौरमा घरमै रहेका संक्रमितहरु किनमेलका लागी बजार जाने तथा घर बाहिर निस्कने गुनासो बढे पछि त्यस्ता संक्रमितहरुलाई फोन मार्फत सचेत गराइएको गौर नगरपालिकाका मेयर अजय गुप्ताले बताए । संक्रमितहरु घर बाहिर देखिए उनीहरुलाई नगरपालिकाले संचालन गर्ने क्वारेन्टीनमा लगेर राखिने उनले बताए । गौरको विपी चोकमा स्थानियलाई मास्क वितरण गर्दै भोलिबाट मास्क नलगाएमा जरीवाना हुने जानकारी प्रशासनले दिएको छ । संक्रमितको सँख्या बढे पनि स्थानियले मास्क लगाउन तथा सावधानी अपनाउन वेवास्ता गरि रहेका छन । संक्रमण रोक्न मास्कको प्रयोग तथा भौतिक दूरीको बारेमा स्थानियले वेवास्ता गरि रहेका छन ।
यता सचेतना फैलाउनु पर्ने राजनितिक दल, सँस्था तथा पालिकाहरुले समेत मानिसहरुको भिडभाड गराएर विभिन्न कार्यक्रमहरु गर्न छोडेका छैनन ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here