गौर,९ बैशाख । राजदेवी नगरपालिका वार्ड नम्बर ३ बस्ने ४६ बर्षीय नगेन्द्र साह सोनार इ रिक्सा चलाउनु हुन्छ । सदरमुकाम गौरको सहरी क्षेत्र देखि बस पार्क सम्म उनि रिक्सा चलाउदै आएको छ । एक लघु बित्त संस्थाबाट रिण लिएर इ रिक्सा किनेका साहले लकडाउनकै कारण ऋण चुक्ता गर्न नसकेको दावी गर्नु हुन्छ । तर बिगत एक हप्ता देखि उनले यात्री घटेको महसुस गर्नु हुन्छ । उनले कोरोनाको बढ्दो प्रभावले त्रास फैलिदा यात्रु घटेको हुनसक्ने बताउनु हुन्छ । उनलाई लकडाउन हुने हो कि भन्ने डर समेत लागेको बताउछन । “कोरोना भन्दा भोकै बस्ने डर छ । समाचार सुन्दा फेरी लकडाउन हुने हो कि भन्ने आशंका बढेको छ । “ उनले बताए िउनले ऋण लिएका रकमहरु मध्ये करिब एक लाख रुपैया अझै तिर्न बाकि छ । उनलाई कोरोना महामारीको संक्रमण भन्दा लकडाउन हुने डर लागेको छ ।
पछिल्लो एक हप्ता देखि रौतहट लगायत देश भरिनै बढेको कोरोना संक्रमणको त्रास बढि रहदा मजदुर र दैनिक काम गरि गुजारा गर्ने व्यक्तिहरु चिन्तित बन्न थालेको छ भन्ने सहरी क्षेत्रका नागरिकहरु भन्ने कोरोना महामारीको त्रासमा रहेको छ । ५१ बर्षीय लक्षुमन दास हरेक दिन बिहान ९ बजे गौरको नेपाल लौज चौकमा आएर बस्छन । उनि संगै दर्जनौ कामदारहरु पनि बसेका हुन्छन । कामदार खोज्दै व्यक्तिहरु त्याहा पुग्ने र कामदारलाई काममा लगाउने गर्छन ितर लक्षुमन दासको अनुहार भन्ने मलिन छ । उनि लकडाउन हुने हो कि भन्ने हल्लाले डराएको छ । गत बर्षको लकडाउनले सिर्जेको ऋण अझै तिर्न सकिएको छैन । फेरी पनि लकडाउन हुने हो भन्ने साहुको ऋण तिर्ने कुरा पर जाओस खाने समस्या समेत हुने छ “ उहाले बताउनु भएको छ । उनि संगै सोहि चौकमा बसेका अर्का कामदार दुर्गा भगवती गाउपालिकाको वार्ड नम्बर ५ बडहर्वा बस्ने किसुन पण्डितको नियमित रोजगारी गत बर्षको कोरोना महामारीकै कारण गुमेको बताउनु हुन्छ । भारतको मुम्बईमा काम गर्दै आएका उनि लकडाउन पश्चात घर फर्केका हुन् । तर उनले सुरु गरेको अस्थायी मजदुरको काम पनि हुन् सक्ने लकडाउनले खतरामा पर्ने हो कि भन्ने डर पनि छ । दिनानाथ ठाकुर गौरमा फलामको काम गर्नु हुन्छ । गौर को बिपी चौकमा उनको पसल छ उनलाई अहिले भ्याई नभ्याई छ । तर उनको मनमा पनि लक्षुमन दासकै जस्तो लकडाउन हुने हो कि भन्ने डर छ । “गत बर्षको लक्डाउनले ब्यब्स्याय डुबान लागेको छ । चालु बर्षमा पनि लकडाउन हुने हो भन्ने साना ब्यापारीहरुको ब्यापार डुब्ने खतरा छ “ उनको भनाइ रहेको छ । तर सहरी क्षेत्रका व्यक्तिहरु भन्ने लक्डाउन भन्दा कोरोना महामारीको संक्रमणको कारण डराएको छ । सदरमुकाम गौरमै कोरोना संक्रमण फैलिए पछि स्थानिय व्यक्तिहरु भयाहित बनेको छ । आइसुलेसन नहुदा संक्रमित घरमै रौतहटमा संक्रमण डर बढेपनि आइसोलेसनको ब्यबस्थापन हुन् नसक्दा संक्रमितहरु होम आइसुलेसनामा बसेका छन् । रौतहटमा लगातार संक्रमितको संख्या बढदै गएपनि ब्यबस्थित आइसुलेसनको ब्यबस्थापन हुन् सकेको छैन । संक्रमितहरु होम आइसुलेसनामा अब्यबस्थित तरिकाले बस्न थाले पछि समुदायमा कोरोना फैलने सम्भावना बढेको छ । रौतहटमा कोरोना संक्रमितको संख्या २९ पुगेको छ । सोमवार परिक्षण गरिएको १६ जना मध्ये ७ जनामा कोरोना संक्रमण देखिएपछि कुल सक्रिय संक्रमितको संख्या २९ पुगेको हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here