गुजरा, ९ बैशाख । रौतहटमा चट्याङ्ग लागेर एक पुरुषको ज्यान गएको छ । आज बिहान रौतहटमा चट्याङ्ग लागेर ४७ वर्षिय एक पुरुषको ज्यान गएको हो । जिल्लाको गुजरा नगरपालिका ८ को जयराजपुर पल्टुवामा चटयाङ्ग लागेर राम लखन महराको ज्यान गएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ । गुजरा ७ घर भएका महरा आफन्तको बिहेमा जयराजपुर पल्टुवा आएका थिए । बिहान ५ बजे खेतमा शौच गर्न गएको अवश्थामा चटयाङ्ग लाग्दा उनको मृत्यु भएको प्रहरीले जनाएको छ । मृतक महराको शव पोष्टमार्टमको लागी चन्द्रपुर अस्पतालमा राखिएको र घटनाको अनसुन्धान भइरहेको रौतहटका प्रहरी उपरिक्षक सिद्धि विक्रम शाहले बताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here