सर्लाही,९ बैशाख । विश्वका विभिन्न देशका साथै भारतमा पनि कोरोना भाइरसको संक्रमण तिब्र गतिमा फैलिरहेको अवस्थामा नेपालमा यसको संक्रमण फैलिन नदिन प्रदेश नम्बर २ अन्तर्गत भारतसँग सिमा जोडिएका सर्लाही जिल्लाको मुख्य सिमानाकामा चेक जाचका लागि स्थापना गरिएको हेल्थ डेस्क नामको मात्र हेल्थ डेक्स भएको छ । मलंगवा नाकाबाट अहिले दैनिक हजारौं मानिसहरुको आवतजावत हुने गरेको छ । सरकारले कोरोनाको महामारीबाट बच्नका लागि लाखौं रकम खर्च गरिरहेको छ । मलंगवा नगरपालिकाले पनि भारतबाट आउने र भारततर्फ जाने मानिसहरुको चेकजाँचको लागि सिमानाकामा हेल्प डेक्सको स्थापना गरेको छ । तर उक्त हेल्प डेक्स मार्फत प्रभावकारी काम हुन सकिरहेको छैन । न त त्यहाँ आवश्यक उपकरण नै छ, न त चाहिए जति जनशक्ति नै छ । स्थापना गरिसके पछि त्यसको व्यवस्थापनमा स्थानीय प्रशासन र स्थानीय सरकारले ध्यान नदिएकै कारण उक्त डेस्कले प्रभावकारी काम गर्न नसकेको स्थानीयले बताएका छन् । खुल्ला सीमाना भएकै कारण मुख्य नाकाबाहेक अन्य सडकहरुबाट मानिसहरुको सहज रुपमा आवतजावत भइरहेको छ । उक्त हेल्थ डेक्स मानिसहरुको बढी आवतजावत हुने ठाउ“मा नराखी ठुलाठुला मालवाहक सवारीसाधनहरुको मात्र आवतजावत हुने ठाउ“मा राखिएको छ ।
यस्तो लापरबाही सिमानाकामा भइरहँदा समेत नगरपालिका र स्थानीय प्रशासनले कुनै चासो देखाएका छैनन् । एक जना स्वास्थ्यकर्मी र एकजना सशस्त्र प्रहरी (सुरक्षाकर्मी) को भरमा स्थापना गरिएको उक्त हेल्प डेक्समा भारतबाट भित्रिने मालबाहक सवारीसाधनका चालक र सचालकको मात्र जाँच गर्ने काम भइरहेको छ । मानिसहरु जतिसबै मुख्य नाकाको छेउछाउबाट खेतको आली तथा विभिन्न चोरबाटो भएर आवतजावत गर्ने गरेका छन् । जसका लागि हेल्थ डेक्स राखिएको हो , त्यस्कै चेकजाँच हुनसकेको छैन । मलंगवा नाकामा संचालित हेल्थ डेक्सका स्वास्थ्यकर्मी फेकन महतोले आफुहरुलाई अहिले मुख्य नाका भएर नेपाल भित्रिने ट्रकका चालक र सहचालकहरुको मात्र जाँच गरेर बस्नु परेको बताउँछन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here