चन्द्रपुर,११ बैशाख । रौतहटको बिभिन्न स्थानबाट पक्राउ परी अनुसन्धानका लागि हिरासतमा रहेका विप्लवका नेता कार्यकर्ताहरु छुटिसके पनि पुर्पक्षका लागि थुनामा गएका वा कारागारमा बसेका बन्दीहरू चाहिं हालसम्म छुटेका छैनन् । पार्टीको रौतहट जिल्ला सदस्य बाग्लुङ घर भएका जगत भनिने कमल गुरुङलाई जिल्ला अदालत रौतहटले रु.३० हजार धरौटी लिएर छाड्न आदेश दिएको छ । तर, सो रकम धरौटी राख्न नसकेर उनी थुनामै छन् । हातहतियार तथा खरखजाना सम्बन्धी मुद्दामा पक्राउ परेका चन्द्रपुर नगरपालिका वडानं ४ का जिल्ला सदस्य राम बहादुर घिसिङ पनि कारागारमै रहेकाछन् । उनको घरमा खान तलासी गर्दा ईलाका प्रहरी कार्यलय चन्द्रनिगाहपुरले उनको घरमा रहेको फ्रिजबाट नलकटुवा पेस्तोल र पार्टीको दस्ताबेज बरामद गरेको थियो । उनलाई जिल्ला अदालत गौरले अढाइ बर्ष कैद तथा ५० हजार धरौटी माग गरेको छ । विप्लवको रौतहट जिल्ला ईन्चार्ज कुमार राई एक बर्ष कैद सजाय काटेर एक लाख १० हजार धरौटी तिरेर कारागार मुक्त भएकाछन् । त्यस्तै चन्द्रपुर नगरपालिका वाडनं ३ का रेव प्रसाद मैनाली विप्लवको कार्यकर्ता भएको आरोपमा एउटा गोलीको साथ पक्राउ परेका थिय । उनलेपनि १९ महिना कैद भुक्तान गरेर ५० हजार धराटी बुझाएर कारागार मुक्त भएकाछन् । विप्लवका जिल्ला ईन्चार्ज कुमार राईले सरकारले आफ्नो पार्टीसंग गरेको सम्झौता गरे अनुसार बिना धरौटी कारागार मुक्त गर्नुपर्ने बताए । उनले सरकारले गरेको सम्झौता अनुसार आफ्नो पार्टीका कारागारमा रहेका नेता मुक्त गराउनका लागि तत्काल पहल गर्नुपर्नेमा राईले जोड दिएकाछन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here