चन्द्रपुर,११ बैशाख । रौतहट जिल्लामा यतीबेला राजनैतिक दलहरु संगठन बिस्तारमा तिब्र रुपमा लागेका छन् । तत्कालिन नेकपा एमाले र नेकपा माओवादी फरक फरक भएपछि रौतहट जिल्लामा एमाले नेपाल समुह र ओली समुहले संगठन बिस्तारलाई तिब्रता दिएका छन् । एमाले र माओवादी केन्द्र फरक फरक भएपछि दुबैले आ ले आ आफ्नो पार्टीको संगठन बिस्तारलाई तिब्रता दिएकाछन् । नेकपा एमाले नेपाल समुहले नेपालकै गृह जिल्लामा ओली समुहलाई चुनौती दिदै बिभिन्न भातृ संगठनको भेला तथा संगठन बिस्तारलाई तिब्रता दिएको छ । यता नेकपा एमाले ओली समुहले समेत जिल्लाका बिभिन्न स्थानमा संगठन बिस्तारलाई तिब्रता दिएको नेता तुलसी गिरीले जानकारी दिएकाछन् । केही दिन पहिला नेपाल समुहले चन्द्रनिगाहपुरमा युवा संघको नगर भेला गरेर नेतृत्व समेत चयन गरेको छ । नेकपा माओवादी केन्द्रले समेत चन्द्रपुर नगरका वडा वडामा भेला तथा वडा कमिटि गठन तथा वाईसिलको वडा भेला गरिरहेको सो पार्टीका जिल्ला सचिव देबेन्द्र पटेलले जानकारी दिएकाछन् । नेकपा बिभिजन भएको र एमालेका ओली समुह र नेपाल समुहले जिल्लामा फरक फरक कार्यक्रम गरिरहेका बेला नेपाली काग्रेसले समेत जिल्लामा आफ्नो संगठन बिस्तारलाई तिब्रता दिएको छ । नेपाली काग्रेसका रौतहट क्षेत्रनं ४ का संघिय सासद तथा नेता देव प्रसाद तिमलसिना पछिल्लो समय आफ्नो क्षेत्र बाहेक जिल्लामा संगठन बिस्तार तथा अन्य पार्टीका नेता कार्यकता आफ्नो पार्टीमा भित्रयाउन ब्यास्त रहेका नेपाली काग्रेसका युवा नेता मुकेश गिरीले जानकारी दिएकाछन् ।
नेकपा एमाले ओली समुहको चन्द्रपुर नगर समितिको विस्तारित बैठक विहिबार सम्पन्न भएको थियो । नेकपा एमाले चन्द्रपुर—४ स्थित पार्टी कार्यालयमा सम्पन्न बैठकले बैशाख १२ गते आइतबार नेकपा एमालेको रौतहट जिल्ला स्तरिय कार्यकर्ता भेलालाई भब्यताका साथ सम्पन्न गर्ने निर्णय गरेको नगर अध्यक्ष शिव प्रसाद आचार्यले बताए । नेकपा एमालेको गुटको कार्यशैलीले आम कार्यकर्ताहरुमा अन्यौलता छाइरहेको अबस्थामा माधव नेपाल गुटको जिल्ला स्तरिय भेला सम्पन्न गरिसकेको छ । १२ गते हुने कार्यकर्ता भेला संस्थापन पक्षले गर्न थालेको हो । रौतहटको चन्द्रपुरस्थित गौतम होटलमा हुने सो भेलामा रौतहट जिल्लाभरीका कार्यकर्ताहरुको उलेखनिय सहभागीता रहने आचार्यले बताए ।
यता चन्द्रनिगाहपुरमा नेकपा माओवादी केन्द्रका स्थानीय कार्यकर्ता नेपाली काग्रेसमा प्रबेश गरेका छन । रौतहटको चन्द्रपुर नगरपालिकाको वडा नम्बर ६ का नेकपा माओवादी केन्द्रका कार्यकर्ता सुदर्शन नेपाल र रामकृष्ण चापागाई एक कार्यक्रमकाबिच नेपाली काग्रेस प्रबेश गरेका थिय । नेपाली काग्रेस चन्द्रपुर वडा नम्बर ६ का वडा सभापतिको घरमा विहिबार साझ एक कार्यक्रमका बिच नेपाल र चापागाई काग्रेस प्रबेश गरेको काग्रेस युवा नेता मुकेश गिरिले बताए । नवप्रबेशी दुबै जनालाई प्रतिनिधि सभाका सांसद देव प्रसाद तिमल्सिना र प्रदेश २ का प्रदेश सांसद धनलाल थोकरले टिका तथा माला लगाई स्वागत गरेका थिय । नेकपा फुटनु र एमाले दुई चिरा भएपछि त्यसलाई नेपाली काग्रेसले आफ्नो अवसरका रुपमा प्रयोग गर्दे गाउ गाउमा संगठन बिस्ताराई तिब्रता दिएको छ । यही अवस्था रहिरहने हो भने चन्द्रपुर नगरपालिका सहितका स्थानीय तह तथा अन्य निर्वाचन क्षेत्रमा काग्रेसले फडको मार्ने सहजै अनुमान लगाउन सकिने सर्बसाधारणको भनाइ रहेको छ । नेकपा एमाले पछिल्लो समय बनेको दुई चिराका कारण नेताहरु बिच माथिल्लो स्तरमा कुरा मिलेपनि तल्लो स्तरमा अर्थात कार्यकर्ता स्तरमा कुरा नमिल्ने अवस्था रहेको नेपाल समुहका युवा नेता बाबुराम दाहालको भनाइ रहेको छ ।