गौर,१३ बैशाख । रौतहटको दुर्गा भगवती गाउँ पालिकाका अध्यक्ष अरुण कुमार साहले अग्नि पीडितलाई नगद,खाद्यान्न तथा निर्माण सामग्री सहयोग गरेका छन । शुक्रबार राती करिब १ बजेको समयमा अचानक आागलगी भई दुर्गा भगवती गाउपालिका वडा नं. ४ पचरुखीको छतौना टोल निवासी बिगु बैठाको घर तथा गोठ जलेको छ । भीषण आगो लागी करिब छ लाख बराबरको अन्न तथा चौपाया (भैंसी गोरु) पुर्णरुपले क्षति भई आगलगीबाट पिडित बनेका निज बैठा माथि बज्रपात भएको छ । दुर्गा भगवती गाउपालिका अध्यक्ष अरुण कुमार साहले घटना स्थलमा पुगी स्थलगत निरीक्षण गरी पिडित परिवारलाई भेटी व्यक्तिगत सहयोग स्वरूप नगद समेत सहयोग गरेका छन । उनले १०,०००/– थान जस्ता पता , सहित खाद्यान्य सामग्री उपलब्ध गराई साथै अत्यन्त दुःखद घडी बाट पिडित परिवार गुज्रिरहेकोले निजको परिवारलाई पालिका बाट थपसहयोग गर्ने अस्वाशन समेत दिए। साथै विभिन्न दात्री निकाय र सरोकारवाला निकायसंग थप सहयोगको लागी अपिल तथा पहल गर्ने अध्यक्ष अरुण कुमार साहले अस्वाशन दिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here