काठमाण्डौं, १३ बैशाख । अघिल्लो सातामात्रै मन्त्रिपरिषद बैठकबाट परीक्षाहरु नरोक्ने निर्णय गरेको सरकारले आइतबार ‘छापामार शैली’ मा रातारात सबै परीक्षाहरु स्थगित गर्ने निर्णय सुनाएपछि विद्यार्थीहरु अन्योलमा परेका छन् । कलेजहरु पनि सोमबारको परीक्षा रोक्ने कि गराउने भन्ने दोधारमा परेका छन् । आइतबार सिंहदरबारस्थित प्रधानमन्त्रीको कार्यालयमा बसेको कोभिड १९ संकट व्यवस्थापन केन्द्र ९सीसीएमसी० को बैठकले देशभरिका परीक्षाहरु स्थगित गर्ने निर्णय गरेको हो । सरकारले यो निर्णयको औपचारिक जानकारी आइतबार राति १० बजेपछि मात्रै सार्वजनिक गरेको छ । परीक्षा स्थगनको निर्णयबारे समयमै आधिकारिक जानकारी नपाउँदा क्याम्पस प्रशासन र विद्यार्थीमा अन्योल सिर्जना भएको छ । त्रिभुवन विश्व विद्यालय, पूर्वाञ्चल विश्वविद्यालय लगायतका सबैतिर सोमबारको परीक्षा रोक्ने कि नरोक्ने भन्ने दुविधा उत्पन्न भएको छ ।
सीसीएमसीले भने विश्वविद्यालय, क्याम्पस र विद्यालयका सबै किसिमका परीक्षा स्थगित गर्ने निर्णय लिएको छ । आइतबार रातिसम्म परीक्षा नियन्त्रण कार्यालय बल्खु, सरकारको निर्देशनको पर्खाइमा थियो । त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालय ९पनिका० का सहनियन्त्रक घनश्याम ठाकुरले परीक्षा स्थगनका लागि औपचारिक जानकारी नआएको बताए । उनले रातोपाटीसँग भने , ‘प्रमुख परीक्षा नियन्त्रक सर ९पुष्पराज जोशी० सरले छलफलमै रहेको बताउनुभयो । भोलि बिहान सरहरुसँग छलफल गरेर निर्णय लिउँला भन्नुभयो ।’
तर, सोमबार बिहान ७ बजे नै तीन वर्षे बीएडको मौका परीक्षा तय गरिएको छ । यो परीक्षा भने नरोकिने ठाकुरको भनाइ छ । तीनवर्षे बीएडको मौका परीक्षाका लागि काठमाडौं उपत्यका, काभ्रे, धादिङको पूर्वीभेग र धुनिवेसीसम्मका विद्यार्थीहरुको एउटै परीक्षा केन्द्र काठमाडौंमा छ । ठाकुरले भने, ‘१२र१५ जना विद्यार्थी मात्र हुनुहुन्छ, त्यसमा धेरै विद्यार्थी छैनन् । नेपालभरि त्यही हो । कहीँ एउटा विद्यार्थी होलान्, कहीँ दुईजना । त्यसैले भोलि बिहानको परीक्षा रोकिनेजस्तो छैन ।’ ठाकुरका अनुसार आइतबार मात्र ७ र८ सय विद्यार्थीले परीक्षा दिएका थिए । सोमबार विहान पनि ५ प्रतिशत पनि विद्यार्थी परीक्षा दिन तयार भएर बसेका छन् ।’

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here