ओम प्रकाश यादव
गरुडा, १३ बैशाख ।
रौतहटको माधवनारायण नगरपालिकामा दुईदिने स्थानीय तह संस्थागत क्षमता स्वमूल्यांकन कार्यक्रम आईतबारदेखी शुरु भएको छ । माधवनारायण नगरपालिकाको कार्यालय माधोपुरको सभाहलमा स्थानीय तह संस्थागत क्षमता स्वमूल्यांकन ष्किब सम्बन्धी अभिमुखीकरण तथा सहजीकरण कार्यक्रम आईतबारदेखी शुरु भएको हो । प्रदेश २ को मुख्यमन्त्री तथा मन्त्रिपरिषद कार्यालय अन्तर्गत रहेको ग्रामीण विकास प्रशिक्षण केन्द्र जनकपुरको आयोजनामा आईतबारदेखी शुरु भएको कार्यक्रम सोमबार सम्म चल्ने छ । स्थानीय तहको प्रभावकारी कार्यसञ्चालनमा सहयोग पुग्ने अभिप्रायले सञ्चालित कार्यक्रममा स्थानीय पालिकाको वर्तमान अवस्था, यहाँबाट प्रवाह हुने सेवा तथा सुविधा लगाएत विभिन्न विषयहरुमा स्थानीय सरकारको कार्य सम्पादनको स्थिती थाहा पाउन संस्थागत स्वमूल्यांकन अर्थात स्वलेखाजोखा गरिएको हो । स्थानीय तहका जनप्रतिनिधि र कर्मचारीहरुलाई आफना कामप्रति अझै उत्तरदायी, जिम्मेवार, समावेसी, तथा जवाफदेही बनाउ“दै पारदर्शी र प्रभावकारी रुपमा सेवा प्रवाह गर्न अभिप्रेरित गर्ने उद्देश्यले यो कार्यक्रम सञ्चालन गरिएको माधवनारायण नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत प्रलव कायस्थले जानकारी दिएका छन ।
कार्यक्रममा सहभागि स्थानीय सरकार सञ्चालनका सम्बाहक जनप्रतिनिधिहरु, स्थानीय तहमा कार्यरत कर्मचारी तथा सरोकारवालाहरुलाई स्थानीय सरकार सञ्चालनका लागि आवश्यक पर्ने शिप र ज्ञानको बारेमा प्रशिक्षण दिइएको हो ।
कार्यक्रमका प्रशिक्षक वृन्दावन नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत नागेन्द्र यादवले स्थानीय तहलाई कसरी सक्षम र प्रभावकारी बनाउन सकिन्छ भन्ने बारेमा प्रशिक्षण दिनुभएको छ । स्थानीय सरकारको प्रभावकारी सेवा प्रवाहका लागि संस्थागत क्षमता सुधार गर्न, प्रभावकारी र दक्ष सेवा पुरयाउन उत्तरदायीत्व कायम गर्न सामान्य प्रशासन मन्त्रालयले स्थानीय सरकारको संस्थागत स्वमुल्यांकन पद्धतिको विकास गरेको जानकारी दिनुहुँदै प्रशिक्षक यादवले सोही अनुसार काम गर्न आग्रह गरेका हुन ।
संगठन तथा प्रशासन, वार्षिक बजेट तथा योजना व्यवस्थापन, बजेट प्रस्तुती तथा स्वीकृति, वार्षिक बजेट कार्यान्वयनको प्रगति समिक्षा, विभिन्न योजना कार्यान्वयन, वित्तीय एवं आर्थिक व्यवस्थापन, सेवा प्रवाह, न्यायिक कार्य सम्पादन, भौतिक पुर्वाधार, सामाजिक समावेशीकरण, वातावरण संरक्षण तथा विपद् व्यवस्थापन, सहकार्य र समन्वय कसरी गर्ने भन्ने बारेमा प्रशिक्षक प्रमुख प्रशासकीय अधिकृत नागेन्द्र यादवले सहभागीहरुलाई बताउनुभएको छ ।
यस संस्थागत स्व मूल्यांकन कार्ययोजनाको अक्षरेस पालना र कार्यान्वयन मार्फत यस नगरपालिकाको क्षमता अभिवृद्धि हुनुका साथै संस्थागत विकास समेत भइ अगामि दिनहरुमा सेवा प्रवाह, सुशासन तथा जवाफदेहीताको क्षेत्रमा विकास भई जनताको नजिकको सरकार बन्नेमा आफु विश्वस्त रहेको माधवनारायण नगरपालिकाका नगर प्रमुख विरेन्द्र यादवले बताउनुभएको छ ।
सोमवार सम्पन्न हुने कार्यक्रममा माधवनारयण नगर उपप्रमुख सिमल साह, प्रमुख प्रशासकीय अधिकृत प्रलव कायस्थ, परोहा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत ओम प्रकाश यादव, गौर लगाएत विभिन्न स्थानीय तहका प्रमुख प्रशासकीय अधिकृतहरु, वडा अध्यक्ष, कार्यपालिका सदस्य लगाएतको उपस्थिती रहेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here