चन्द्रपुर, १४ बैशाख । बढ्दै गएको कोरोना संक्रमणलाई ध्यानमा राख्दै रौतहटमा प्रहरीले मास्क नलगाउनेलाई कारबाही गरेको छ । प्रहरीले जिल्लाको विभिन्न स्थानमा मास्क नलगाई हिँड्ने ७४ जना पुरुष र १३ जना महिला गरी ८७ जनालाई कारबाही गरेको हो । उनीहरू सबैलाई जनही सय रुपैयाँ जरिवाना तिराइएको हो । यस्तै, मास्क नलगाउने ९३० जना पुरुष र ३९२ जना महिलालाई एक घण्टा होल्ड गरी सम्झाई बुझाई छाडिएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ। सो क्रममा ४३ जनालाई मास्कसमेत वितरण गरिएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here