चन्द्रपुर,१५ बैशाख । चन्द्रपुर नगरपालिकाले आजबाट आन्तरिक बाहेकका सबै काम बन्द गर्ने भएको छ । कोरोना संक्रमणको जोखिमलाई मध्यनजर गरि बुधबारबाट चन्द्रपुर नगरपालिकाको आन्तरिक सेवा बाहेक सम्पुर्ण सेवाहरु बन्द हुने भएको हो । चन्द्रपुर नगरपालिकामा रहेका १० वटा वडा कार्यालयहरु रहेका छन । ति सबै वडा कार्यालयहरुले आफ्नो आन्तरिक सेवा बाहेकका सबै सेवा बन्द गर्ने चन्द्रपुर नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत सुरेन्द्र प्रधानले तराई एक्सप्रेसलाई जानकारी दिए ।
मुलुकभर कोरोना संक्रमण दर उच्च हुदै गर्दा रौतहटमा पनि दिनानुदिन कोरोना संकटको सम्भावना बढ्दै गएको र केही संक्रमित समेत नगरपालिकाको कार्यलयमा आउन थालेपछि कर्मचारीमा त्रास बढेको भन्दै नगरपालिकाले आन्तरिक बाहेका काम बन्द गर्ने निर्णय गरेको हो । कोरोना जोखिमबाट सेवाग्राहीहरुलाई बचाउन र आफु पनि बच्न नगरपालिकाले आजबाट बैशाख २१ गतेसम्म नगरपालिकाको आन्तरिक सेवाका लागी मात्र नगरपालिका सञ्चालन गर्ने निर्णय गरेको चन्द्रपुर नगरपालिकाका नगरप्रमुख रामचन्द्र चौधरीले बताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here