अमृत सापकोटा ,चन्द्रपुर, १५ बैशाख ।
सहरी क्षेत्रमा संचालित बचत तथा ऋण सहकारी संस्थाहरुले सदस्यबाट उठाएको बचत हिनामिना गरी सिंगो सहकारी क्षेत्र नै बदनाम भईरहेको बेला रौतहटको चन्द्रपुर नगरपालिका वडा नं. ९ नजरपुरमा रहेको श्री कृष्णा प्रणामी महिला कृषि सहकारीले भने आर्थिक तथा सामाजिक विकासका लागि राम्रो सक्रियता देखाई जिल्ला मै उदाहारणिय सहकारी बनि रहेको छ । कृषि व्यवसायलाई प्रवद्र्धन गर्ने मुल उद्देश्य लिएर स्थापना भएका संस्थाहरुले बचत तथा ऋण सेवा देखि कृषिलाई व्यवसायीक बनाउन आवश्यक उन्नत विउ, प्राविधिक सेवा, बजार व्यवश्थापन लगायतका काममा उल्लेखनिय भूमिका खेलिरहेका छन । यस महिला कृषि सहकारीको ईतिहास धेरै पुरानो भने छैन ।
सहकारी ऐन २०४८ अनुसार फरक परिवारका १४० जना महिला मिलेर वि.स. २०६३ सालमा डिभिजन सहकारी कार्यलयमा दर्ता गरि व्यवसायीक कृषिको विकास गर्दै सदस्यको आर्थिक उन्नतीमा तल्लिन रहेको यो सहकारीले किसानलाई ज्ञान, सिप र प्रविधिका साथमा व्यवसायीक रुपमा गुणस्तरिय बीउ उत्पादन केन्द्र समेत सञ्चालन गरिरहेको छ ।
किसानहरुमा खेती किसानी प्रति हराउदै गएको जा“गरलाई उत्साह प्रदान गरेर कम लागतमा वढी उत्पादन र किसानलाई परम्परागत खेती प्रणालीवाट माथि उठाएर व्यवसायीकता तिर लैजाने अठोटका साथ संस्थाले बीउ उत्पादन केन्द्र समेत सञ्चालन गरेको हो ।
सहकारी मार्फत सदस्यको आर्थिक बिकास गर्ने नाममा वचत तथा ऋणको कारोवार मात्र गरिरहेका कृषि सहकारी भन्दा फरक कामको थालनी गर्ने र व्यवहारिक रुपमै सदस्यमा व्यवसायीकता विकास गर्ने सोचका साथ स्थापना गरेको यस महिला सहकारी जिल्ला कै उदहारणिय रहेको चन्द्रपुर नगरपालिका सहकारी शाखा प्रमुख चन्द्रकला बरालले बताईन ।
यस सहकारीले अहिले वार्षिक ७ सय मेट्रिक टन सम्म उन्नत जातको धान र गहुँको बीउ उत्पादन गरिरहेको सस्ंथाकि व्यवश्थापक जशोदा तिमल्सिनाले बताइन ।किसानलाई आवश्यक मल, बीउ, तालिम, प्रविधी, प्रदान गर्दै व्यवसायीकता तिर अघि वढिरहेको यस सहकारीले अहिले किसानलाई बीउ उपलव्ध गराउने र उनीहरुको उत्पादनलाई बजार मुल्य भन्दा किलोमा दश रुपैया बढि मुल्यमा खरिद गरेर विक्रि समेत गर्ने गरेको व्यवश्थापक तिमल्सिनाले तराई एक्सप्रेसलाई बताईन ।
सहकारीको बीउ उत्पादन केन्द्रबाट सदस्य मात्र नभई हजारौ किसान लाभान्वित भईरहेका छन । कृषिमा व्यवसायीकता ल्याउने र उन्नत जातको बीउ विजन उत्पादन गरि किसानलाई सेवा प्रवाह गर्ने उद्देश्यले नै यस सहकारीको स्थापना भएको र सहकारीले उत्पादन वढाउने, आत्मनिर्भता तिर लैजाने र साच्चै व्यवसायीक वनाउने क्षेत्रमा काम गर्न सकिन्छ भन्ने देखाएका सस्ंथाकि अध्यक्ष अम्बिका तिमल्सिनाले बताईन । सहकारीले उत्पादन गरेको उन्नत जातको धान, गहुँ, मकै, राजमाको बीउ विक्रि वितरण नेपाल भरि नै हुने गरेको छ ।
अहिले नेपालि बजारले उन्नत बीउ, विजनको माग धान्न सकेको छैन धेरै प्रतिशत बीउ भारतवाट आयात हुन्छ तर यस सहकारीले भने भारतलाई पनि बिउ बेच्ने गरेको अध्यक्ष तिमल्सिनाले बताईन । सरकारले यस्ता सहकारी मार्फत उत्पादित बीउको खरिद गर्ने ग्यारेन्टी गर्नु पर्ने सहकारीका संचालकहरुको भनाइ रहेको छ । करिब १५ जना कामदार रहेको यस संस्थाले आफै बीउ ग्रेडिङ सञ्चालन गरेको छ भने आफ्नै लोगो सहित विक्रि गरिरहको छ । यस्तै, किसानले उत्पादन गरेको धान खरिद गरि चामल समेत उत्पादन गरेर विक्रि भइरहेको जनाइएको छ । धान र गहुको विउ उत्पादनमा आत्मनिर्भर बन्दै गएको रौतहट जिल्लामा विउ विजन उत्पादनमा सहकारी र समुह मार्फत लगानी बढ्दै गएको छ ।
जिल्ला कृषि ज्ञान केन्द्र रौतहटका अनुसार अहिले जिल्लामा समुह र सहकारी मार्फत विउ विजन उत्पाद गर्ने समुह÷सहकारीको संख्या पनि बढ्दै गईरहेको छ भने नीजी कम्पनीहरु पनि स्थापना भइरहेका छन ।
यि सहकारी तथा समुहले जिल्लामा अधिकांस धान र गहु“को विउ उत्पादन गर्दैै आएका छन ।
जसको कारण रौतहट विउमा आत्मनिर्भर बन्दै गएको हो । बीउको उत्पादकत्व राम्रो र रोग प्रतिरोधात्मक शक्ति बढी भएकाले यहँ“ उत्पादित बीउ अन्य जिल्लामा समेत लोकप्रिय हुने र निर्यात हुने गरेको छ । २०७८बैशाख १५ गतेको तराई एक्सप्रेस दैनिकमा प्रकाशित समाचार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here