चन्द्रपुर,१५ बैशाख । सरकारले काठमाण्डौमा भोलीबाट निषेधाज्ञा लागु गर्ने भएपछि राजधानी छाडेर रौतहट आउनेको संख्या तिब्र रुपमा बढेको छ । कारोनाभाइरस संक्रमणको दोस्रो लहर शुरु भएसंगै प्रशासनले निषेधाज्ञा लगाएपछि काठमाडौं उपत्यका छाडर घर फर्किनेको संख्या बढेको छ । काठमाण्डौको कलंकी, बालाजु, कोटेश्वर लगायत स्थानमा मंगलबार बिहानैबाट सर्वसाधारणको भीड लागेको थियो । रौतहट अउनेको संख्यामा धेरै रहेको चन्द्रनिगाहपुर काठमाण्डौ चल्ने सुमो संचालक किरण चौधरीले तराई एक्सप्रेसलाई बताए । उपत्यकामा कोरोना सक्रमितको संख्या दिनानुदिन बढदै गएपछि १५ दिनको लागी निषेधाज्ञा गर्ने भएको छ । उपत्यकामा निषेधाज्ञाको घोषना भएसंगै उपत्यकामा रहेका रौतहट तथा छिमेकी राष्ट्रय भारतका सर्वसाधारण समेत उपत्यका छोडेर रौतहटको सिमा नाका हुदै भारत प्रवेस गर्न थालेको छ ।
उनीहरु हलुग झोला बोकेर गन्तव्यतिर गइरहेको गौरका पत्रकार बिकास अग्रवालले जानकारी दिएकाछन । ट्राफिक प्रहरी महाशाखा, रामशाहपथका प्रमुख एसएसपी जनकराज भट्टराईका अनुसार पछिल्लो २४ घन्टामा मात्रै ५० हजार ४५६ जना यात्रु उपत्यकाबाट बाहिरिएका छन् ।
७ हजार ९०० गाडी आउट भएको रेकर्ड छ, त्यसमा ५० हजार ४५६ जना बाहिरिएका छन, उनले तराई एक्सप्रेससंग भने । गत वर्ष एक साताका लागि लगाइएको लकडाउन हप्तैपिच्छे बढेकाले त्यस्तै हुनसक्ने आशंकामा पढ्न र काम गर्न आएका व्यक्तिहरु उपत्यकाबाट बाहिरिंदैछन् । विगतमा जस्तो निषेधाज्ञा लगाइएको समयमा मानिसहरु नहिंडुन् भन्ने उद्देश्यले प्रशासनले दुई दिन घर फर्किन समय दिएको छ । काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीका अनुसार विगतमा जस्तो समस्या नहोस् भन्ने सोचेरै बिहीबार बिहान ६ बजेदेखि लागू हुने गरी निषेधाज्ञाको आदेश जारी गरिएको हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here