सर्लाही,१५ बैशाख । सर्लाहीको लालबन्दी नगरपालिका क्षेत्रमा तीन दिन अघिबाट अचानक देखा परेका जंगली हात्तीले क्षति गरिरहेका छन् । दिउ“सो नजिकैको जंगलको हात्तीले रात परेपछि मानव बस्तीमा पसेर क्षति पु¥याइरहेका स्थानीयले बताएका छन् ।
गत शनिबार राति लालबन्दी नगरपालिका–१६, परवानीपुर क्षेत्रमा एक्कासि तीनवटा जंगली हात्ती देखा परेका थिए । हात्तीले त्यो रात परवानीपुर क्षेत्रमा दुईवटा घरका बेराघेरा भत्काएका थिए भने स्थानीय किसानले लगाएको केरा बगैंचा र बालीमा क्षति पु¥याएका थिए । हात्तीको सो समूह आइतबार राति लालबन्दी नगरपालिका–११, बाहुनी क्षेत्रमा देखा परेको स्थानीयले बताएका छन् । हात्तीको समूहले तीनवटा कच्ची घरका बेरा भत्काएको थियो । हात्तीको सो समूहले गएराती लालबन्दी नगरपालिका–१३, पत्थरकोटमा स्थानीय मोहन पौडेलको घरका भित्ता भत्काएको स्थानीय वीरमान स्याङतानले जानकारी दिए ।
ती हात्ती आज बिहानपख पूर्व–पश्चिम राजमार्गस्थित डिभिजन वन कार्यालय लालबन्दी र त्यस आसपास देखा परेका छन् । हात्तीले वन कार्यालयदेखि उत्तर र पश्चिमतर्फको कबुलियती वन क्षेत्रमा लगाइएको केराहरू खाएको पाइएको डिभिजन वन प्रमुख माधव प्रसाद देवले जानकारी दिए । पहिला आफ्ना पुस्ता हिँड्ने बाटो हुँदै हात्ती हिँड्ने भएकाले अहिले यस क्षेत्रमा आइपुगेका उनले बताए । लालबन्दी क्षेत्रमा अहिले देखिएका हात्ती पर्सा राष्ट्रिय निकुञ्जका हुन सक्ने अनुमान गरिएको छ । डिभिजन वन प्रमुख देवले केही दिनपछि यी हात्ती आफैं फर्किएर जाने बताएका छन् । उनले अहिले वन जंगलमा जताततै मानव अतिक्रमण बढेकाले पनि वन्यजन्तुबाट क्षति हुन पुगेको बताए ।
घरेलु जाँड–रक्सीप्रति हात्तीहरु आकर्षित हुने भएकाले जंगल छेउछाउका बासिन्दालाई सचेत हुन डिभिजन वन कार्यालयले आग्रह गरेको छ ।