अशोक पहाडी
चन्द्रनिगाहपुर,१६ बैशाख ।
अबैध काठ सहित डिभिजन वन कार्यलय रौतहटले एउटा गाडी नियन्त्रणमा लिएको छ । जिल्लाको चन्द्रपुर नगरपालिका वडानं १ बाट सशस्त्र वन गस्ती टोलीले गाडी नियन्त्रणमा लिएको हो । बा ६ च ६५८३ नम्बरको जिप वनले नियन्त्रणमा लिएको हो । सो गाडीमा रहेको काठ र गाडी डिभिजन वन कार्यलय चन्द्रनिगाहपुरमा राखिएको छ । बुधबार राती ९ बजेको समयमा पौराइ एरियाबाट सो गाडी वनले नियन्त्रणमा लिएको डिभिजन वन कार्यलय रौतहटका निमित्त प्रमुख अमरदेव यादवले जानकारी दिएकाछन् । काठ सहित गाडी वनको नियन्त्रणमा आएपछि छुटाउनका लागि ठुलो चलखेल भइरहेको एक वन कर्मचारीले जानकारी दिएकाछन् । पौराईका स्थानीय बासिन्दाको सो गाडी बिगत लामो समय देखी काठ चोरी तस्करीमा सक्रिय रहेको स्थानीयको भनाइ रहेको छ । राजनैतिक चलखेल आर्थिक चलखेलका कारण गाडी धनी को हो भन्ने वन कर्मचारीलाई थाहा रहेको तर पक्राउ नगरेको समाचारस्रोतले तराई एक्सप्रेसलाई बताएको छ । बिगत लामो समय देखी नुनथर र पौराई क्षेत्रमा साना चार चक्के गाडीमा काठको अबैध चोरी तस्करी हुने गरेको स्थानीयको भनाइ रहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here