अमृत सापकोटा,चन्द्रपुर,१६ बैशाख ।
जिल्लाको चन्द्रपुर नगरपालिकामा नाला बनाउने नाममा नगरपालिका सडक डिभिजन कार्यलय चन्द्रनिगाहपुरले करोडौ खर्चेपनि ती नालामा पानी भने बग्ने गरेको छैन् ।
नालामा रकम मात्र खर्च हुने र पानी भने नाला माथिबाट बग्ने गरेको स्थानीयले गुनासो गरेकाछन् । चन्द्रपुर नगरक्षेत्रका नाला देखावटी मात्र भएको स्थानीयको भनाइ रहेको छ । रौतहटको चन्द्रपुर नगरपालिकामा पानी निकासाका लागि बनाएको नालामा पानी बग्नुपर्ने हो तर पानी बग्ने स्तरको नबन्दा नालाहरुमा करोडौ रुपिया“ पानी जसरीनै बगेको छ । नेताले भनेका ठाउ“मा कार्यकर्ताले टालटुले बनाएर भुक्तानी लिन सम्बन्धीत कार्यलयहरुमा भीड लाग्ने गरेको छ ।
चन्द्रपुर नगरपालिकाको लागतमा बनेको अत्याधिक नालाहरुमा पानी नबग्ने र माटो, बालुवाले भरिने गरेको स्थानियको गुनासो रहेको छ । चन्द्रपुर नगरपालिकाको वडा नं. ४ र ८ मा नालाको योजनाहरु धेरै रहेका छन । सडक डिभिजन कार्यलय र चन्द्रपुर नगरपालिकाको लागतमा बनेका नालाहरुमा प्रविधिक र ठेकादारको मिलेमतोको कारण कमसल काम भईरहेको स्थानीय बासिन्दा रबी राना मगरले बताए । प्रविधिकहरुले प्रतिशतका हिसाबमा रकम लिने गरेका कारण गुणस्तर काम गर्न नसकेको ठेकेदार, उपभोक्ता समितिहरुको गुनासो रहेको छ ।
नगरपालिकाका प्राया नाला बनाउनेमा नेताका कार्यकर्ताहरु रहेका छन । काम नलाग्ने कुलोको भुक्तानी लिनेमा धेरै जसो नेता नजिकका कार्यकर्ता हुने गर्दछन । नेता मार्फत फोन गर्न लगाएर भुक्तानी दिन दबाब आउने गरेको नगरपालिकाका कर्मचारीहरु बताउ“छन ।
नगरपालिकाका कतिपय उपभोत्ता समितिहरु कोठे समिति बनेर काम हुने गरेको पनि गुनासो हुने गरेको छ । अधिकांश सिंचाइ योजना आवश्यकताका आधारमा भन्दा पनि पहुचका आधारमा वितरण गरिएका छन । अवश्यत्ता नभएको पानी नै नबग्ने ठाउमा पनि पहुचका आधारमा नालाको योजनाहरु पर्ने गरेको स्थानियको गुनासो रहेको छ ।
केही बर्ष पहिला चन्द्रनिगाहपुरको मुख्य चोकबाट टेकान जाने बाटो बनेको नालाबाट बर्षायाममा पानी नबगेर सडकबाट बग्ने गरेको भएपनि त्यस तर्फ कसैको चासो जान सकेको छैन् ।
चन्द्रपुर नगरपालिका वडानं ८ को अल्टोकीमा नाला निर्माण गर्नका लागि ठेकेदारले खाल्डो खनेर छाडेको लामो समय हुदा समेत नाला निर्माणको काम अगाडी नबढेका कारण सो बाटो भएर हिडनेलाई समस्या भएको स्थानीयले जानकारी दिएकाछन् ।
नाला बनाउन खाल्डो खनेर छाडेका कारण बाटोमा मोटर साईकल लगाएतका सवारी चलाउन समस्या भएको स्थानीय बासिन्दा कस्यब दाहालले बताए ।२०७८ बैशाख १६ गतेको तराई एक्सप्रेस दैनिकमा प्रकाशित समाचार ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here