अशोक पहाडी ,चन्द्रपुर,१६ बैशाख ।
रौतहटमा कोरोना संक्रमितकोे संख्या बढदै जान थालेपछि चन्द्रपुर नगरपालिकाले आईसोलेसको तयारी तिब्र पारेको छ । चन्द्रपुर नगरपालिकामा बिगत एक हप्तामा पिसिआर परिक्षण गर्दा ४० जना संक्रमित देखिएपछि नगरपालिकाले आफ्नो क्षेत्रमा आईसोलेसन संचालनको तयारी थालेको हो । चन्द्रपुर नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत सुरेन्द्र प्रधानका अनुसार चन्द्रपुर २ मा रहेको सहिद स्मृती पार्कमा अनुगमन निरिक्षण गरेर आइसोलेसन संचलनको तयारी गरेको जानकारी दिएकाछन् ।
चन्द्रपुर नगरपालिकाको सहिद पार्कमा ४० बेडको आईसोलेसन भएपनि भयावह अवस्था आएमा एक सय जनालाई राखेर उपचार गर्न सकिने चन्द्रपुर नगरपालिकाका प्रमुख रामचन्द्र चौधरीले जानकारी दिएका छन् । सहिद स्मृती पार्कमा रहेको आईसोलेसनमा जिल्लाको गुजरा ,चन्द्रपुर ,गढीमाई र बृन्दावनका संक्रमित राख्ने ब्यावस्था गरिएको छ । सहिद पार्कको आज चन्द्रपुर नगरपालिका प्रमुख ,ईलाका प्रशासन कार्यलय चन्द्रनिगाहपुरका प्रमुख ,चन्द्रपुर नगरपालिका प्रमुख प्रशासकिय अधिकृत सुरेन्द्र प्रधान लगाएतकाले अनुगमन गरेर आईसोलेसन संचालन गर्ने तयारी गरेका हुन् । पछिल्लो समय चन्द्रपुर नगरपालिका कोरोनाको हटस्पोट बनेको भन्दै आफ्नो तयारी थालेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here