नुनथर,१६ बैशाख । रौतहटको पर्यटकिय स्थल नुनथर क्षेत्र विकास समितिका ८ जना पदाधिकारीहरुले राजीनामा दिएका छन ।
नुनथर क्षेत्र विकास समितिका रहेका सल्लाहकार दयाराम दाहाल , वीर बहादुर गोले , यमलाल गोले , श्रीराम न्यौपाने , उपाध्यक्ष डण्ड बहादुर पुलामी , उपाध्यक्ष राजेन्द्र श्रेष्ठ , सदस्य दिल बहादुर आले र सह–सचिब गोपाल घिमिरेले सामुहिक राजिनामा दिएका छन । रौतहटको चन्द्रपुर नगरपालिकाको वडा नम्बर १ स्थित पर्यटकिय स्थल नुनथर क्षेत्रको विकास र प्रबद्र्धनका लागी साधरण सभा सम्पन्न क्रममा नै विवाद हुन गई आफ्नो एकलौटी बल जफत गरि पूर्व सभासद राम कुमार भट्टराई स्वयम अध्यक्षमा रहने गरि निर्णय गरेकोले आफुहरुले सो साधरण सभा बहिष्कार गरेको भएता पनि हाल सम्म पनि समितिमा राखी अझै पद कायम नै राखिएको बुझिइएकाले सो पदबाट राजिनामा दिइएको उपाध्यक्ष राजेन्द्र श्रेष्ठले बताए ।
उनिहरुलाई कुनै पनि बैठकमा नबोलाइएको र साधरण सभा नै बहिष्कार गरेकाले आफुहरु नुनथर क्षेत्र विकास समितिको कुनै पदमा नरहेको सल्लाहकार विर वहादुर गोलेले बताए । नुनथर क्षेत्र विकास समितिले योजनाहरु आफना गुटका कार्यकर्ता पाल्ने, कमाउन दिने तरिकाले काम दिँदै आएको आरोप राजिनामा दिने सदस्यहरुको रहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here