चन्द्रपुर,१७ बैशाख । कोरोनाको कहर बढदै जादा रौतहटको चन्द्रनिगाहपुरमा रहेका साना होटलमा समेत असर परेको छ । कोरोनाको दोस्रो चरणको कहरसंगै जिल्लाको प्रमुख ब्यापारीक बजार चन्द्रपुरमा रहेका ठुला होटल भने सुनसानकै अवस्थामा पुगेकाछन् ।
ठुला लगानीका होटलको तुलनामा समान्य खाजा पसलमा समेत पहिलाको तुलनामा सर्बसाधारणको भिडभाड छैन् । पहिलाको तुलनाका बिगत केही दिन देखी ग्राहकको संख्यामा कमी आएको चन्द्रनिगाहपुरमा रहेको एक खाजा घरका संचालक हेम बहादुर राना मगरले बताए ।
जिल्लाको चन्द्रपुर नगरक्षेत्रमा सर्बसाधारणले आफ्नो सुरक्षा आफै अपनाउन थालेका बेला जिल्लाका कोरोना संक्रमण तीव्र रूपमा फैलिरहे पनि रौतहटको ग्रामीण क्षेत्रमा भने स्वास्थ्य सतर्कता अपनाइएको छैन । चन्द्रपुर नगरक्षेत्रमा सर्बसाधारण बिना काम घरबाट बाहिर कमै निष्कने गरेको भएपनि जिल्लाको ग्रामिण भेगमा भने सुरक्षा अपनाइएको पाईदैन् ।
स्थानीय प्रशासनले जिल्लाभरि मास्क नलगाउने र स्वास्थ्य सुरक्षा नअपनाउनेलाई जरिवानाको अभियान सुरु गरेको छ । तर यसको प्रभाव सहरी क्षेत्रमा मात्र देखिएको छ । सुरक्षाकर्मीसमेत गाउमा सक्रिय छैनन् । गाउका चौकी, इलाका प्रहरी कार्यालय अगाडि पनि मानिसहरू बिनामास्क हिडडुल गर्दा सुरक्षाकर्मीले कारबाही गरेका छैनन् ।
बजार एरियामा भने प्रहरीले माक्स नलगाउने संग एक सय रुपैया जरिवना असुल्ने गरेको छ । कोरोनाको कहर बढदै जांदा जिल्लाको चन्द्रपुर नगरक्षेत्रमा रहेका होलमा ब्यापार पहिलाको तुलनामा कमी आएको स्थानीय ब्यापारीहरुको भनाइ रहेको छ । २०७८ बैशाख १७ गतेको तराई एक्सप्रेस दैनिकमा प्रकाशित समाचार ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here