अमृत सापकोटा,चन्द्रपुर,१७ बैशाख ।
११ बर्ष पहिला हराएको छोरो फेला पर्ने आशमा एक बृद्ध आमा भौतारिदै हिंडेकी छिन् । चन्द्रपुर नगरपालिका वडा नं. ८ सन्तपुरका खडक प्रसाद तिमल्सिना हराएको ११ बर्ष भयो । घरबाट काठमाडौमा व्यवसाय गर्न भनि निस्किएका तिमल्सिनाले काठमाडौको लगनखेलमा सात महिना किराना पसल पनि संचालन गरेका थिए । त्यस पछि उनि काठमाडौंबाटै बेपत्ता भएको उनकी ९० बर्षिय आमा चन्द्रकुमारी तिमल्सिनाले बताइन । बेपत्ता छोरा एघार बर्ष सम्म पनि सम्पर्कमा नआए पछि वृद्व आमा छोराको खोजिमा भौतारिरहेकि छिन । चन्द्रकुमारीले छोराको खोजिका लागि धेरै ठाउमा हारगुहार गरि सकेकि छिन, धेरै व्यक्तिहरुलाई खोजिको बाटोहरु सोधि रहनछिन । उनि एघार बर्ष अगाडी काठमाडौंबाट नै हराएका हुन । अहिले सम्म छोराको अत्तो पत्तो नभए पछि आमा चन्द्रकुमारी छोरा खोजिका लागि सघंर्ष गरिरहेकि छिन् । २०२७ सालमा श्रीमान गुमाएकी चन्द्रकुमारीलाई छोरो भेटिन्छ भन्ने ठूलो आशा रहेको छ । हराएको एघार बर्ष नाघिसक्दा पनि घर नफर्केकाले छोरा भेट्टाउछु कि भन्ने आशा रहेको चन्द्रकुमारी बताउछिन । चन्द्रकुमारीका दुई छोरा र दुई छोरी रहका छन । दुई छोरामा एक छोरा बेपत्ता भएको र एक छोरा काठमाडौं बस्ने उनले बताईन । ९० बर्षिय उमेरमा उनि एक्लै चन्द्रपुर ८ सन्तपुरमा बस्दै आएकि छिन । हराएका छोराको भने एक छोरा र एक छोरि रहेका छन । छोरो फेला गर्ने आशमा बृद्ध चन्द्रकुमारीले धेरै ठाउमा धाईन तर छोरा फेला परेका छैनन् । आमाको मननहो ,कसरी मँन्छ उनले दुखेसो पोखिन् । ६३ बर्षका छोराको खोजीमा रहेकी ९० बर्षकी आमा दिनरात नभनी लागेकी छिन् । छोराको पुरानो फोटो देखाउदै उनले बिभिन्न ठाउ चाहारिन ,तर छोरा फेला परेका छैनन् । छोरा आउने आशमा रहेकी चन्द्रकुमारीको बिगत ११ बर्ष देखी दिनचार्य भनेको छोरोको पुरानो फोटो देखाउदै हिडने हो । हराएका छोरा खड्ग प्रसादको श्रीमती र छोरा छोरी चन्द्रपुर ४ मा बस्दै आएकाछन् । २०७८ बैशाख १७ गतेको तराई एक्सप्रेस दैनिकमा प्रकाशित समाचार ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here