सर्लाही, १८ वैशाख । सर्लाहीमा बसको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ भने अर्का २ जना घाइते भएका छन् । रौतहटको गढीमाई नगरपालिका–८ का करिब २६ वर्षीय जयचन्द्र साहको मृत्यु भएको हो । शनिबार बिहान ७ बजेको समयमा सर्लाहीको गोडैता नगरपालिका–५ रामबर अगाडि गडहियाबाट हरकठवा तर्फ जाँदै गरेको ना ४ ख १०८९ नम्बरको बसले सोही तर्फ जाँदै गरेको अनटेस्ट मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालक साहको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी निरीक्षक कृष्ण गिरीले बताए । उनको टाउको तथा छातीमा चोट लागेको थियो । गम्भीर घाइते भएका उनको उपचारका लागि मंलगवा तर्फ पठाइएकोमा बाटोमै मृत्यु भएको गिरीले जानकारी दिए ।
त्यस्तै मोटरसाइकलको पछाडि सवार अन्दाजी ३५ वर्षीय बिगु साह तथा ९ वर्षीय बालक बिनेश कुमार साह घाइते भएका छन् । उनीहरुको उपचार स्थानीय अस्पतालमा भइरहेको प्रहरीले जनाएको छ । चालकसहित बस प्रहरीले नियन्त्रणमा लिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here