काठमाण्डौ,२० बैशाख । नोबेल कोरोना भाइस (कोभिड–१९) को सङ्क्रमण दर रोक्न सरकारले आज मध्यरातिबाट आन्तरिक हवाइ उडान बन्द गर्ने भएको छ । अन्तर्राष्ट्रिय उडान भने पर्सि मध्यरातदेखि वैशाख मसान्तसम्म बन्द गर्ने निर्णय मन्त्रिपरिषद्को हिजोको बैठकले गरेको हो । बैठकले कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्र (सीसीएमसी) को सिफारिसअनुसार हवाइ उडान बन्द गर्ने निर्णय गरेको परराष्ट्र मन्त्री प्रदीप ज्ञवालीले जानकारी दिनुभयो । गत शुक्रबार बसेको सीसीएमसी बैठकले भीडभाड बढेको भन्दै आन्तरिक उडान बन्द गर्न सिफारिस गरेकोथियो । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयले विमानस्थलको भीड कम गर्न भन्दै आन्तरिक उडानमा कोटा प्रणाली लागू गरेको छ।सरकारले कोटा प्रणाली लागु गरेसँगै आज भने ४१ वटा मात्रै उडान हुने विमानस्थल कार्यालयले जनाएको छ। विमानस्थल कार्यालयले एक घण्टामा ३ वटा उडान गर्ने गरी बजार हिस्साको आधारमा एयरलाइन्स कम्पनीलाई कोटा निर्धारण गरेको हो। त्यसअनुसार बुद्धले १८, यतीले १०, श्रीले ५, स्टल २ र साना जहाजका लागि ६ वटा उडानको कोटा तोकिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here