धनुषा,२० बैशाख । कोरोना संक्रमण फैलिन नदिन धनुषामा मंगलबार बिहानदेखि लकडाउन घोषणा भएको छ । आइतबार बसेको जिल्ला संकट व्यवस्थापन समितिको बैठकले वैशाख २१ गते बिहान ६ बजेदेखि निषेधाज्ञा जारी गर्ने निर्णय गरेको हो । वैशाख ३१ गते राति १२ बजेसम्मको लागि जनकपुरधाम लगायत धनुषा जिल्ला भरि निषेधाज्ञा जारी गर्ने निर्णय गरेको धनुषाका प्रमुख जिल्ला अधिकारी बन्धु प्रसाद बास्तोलाले जानकारी दिए । संंक्रामक रोग एन २०२० को दफा २ तथा स्थानीय प्रशासन ऐन २०२८ को दफा ६ को उपदफा ३ बमोजिम निषेधाज्ञा जारी गरेको हो । कोरोना महामारीले झनै जटिल परिस्थितिको सृजना गरिरहेकाले प्रादेशिक अस्पताल जनकपुरलाई साधन श्रोतको र बेडसंख्या बढाउन कारबाही बढाउने समेत समितिले निर्णय गरेको हो ।
यस्तै रमदैयाको जानकी मेडिकल कलेज शिक्षण अस्पताल र जनकपुरधाम उपमहानगरपालिका १४ स्थित रहेको मणिपाल शिक्षण अस्पतालको भवनमा सम्बन्धीत पक्षसंग कोेभिड हस्पिटल संचालन गर्न समन्वय गर्ने र प्रदेश सरकारलाई आग्रह गर्ने निर्णय गरको छ । सबै पालिकाहरुले कम्तिमा २०–२० वटा अक्सिन सिलिण्डर व्यवस्थापन गर्ने, क्वारेन्टाइन र आइसोलेशन निर्माण गर्न समेत निर्देशन दिने निर्णय गरेको हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here