चन्द्रनिगाहपुर,२० बैशाख । रौतहटका स्थानीय तह धमाधम बन्द हुन थालेका छन् । बढदो कोरोनाका कारण कार्यलयमा काम गर्ने बाताबरण नभएको र कर्मचारीनै संक्रमित हुन थालेपछि रौतहटका स्थानीय तहहरुले एक हप्ताका लागि कार्यलय बन्द गर्ने भएकाछन् । जिल्लाको चन्द्रपुर नगरपालिकाले केहीदिन पहिलानै कार्यलय बन्द गरेको थियो । गौर नगरपालिकाले आईतबार सुचना प्रकाशन गरेर एक साताका लागि नगरपालिकाको कार्यलय बन्द गर्ने निर्णय गरेको नगरप्रमुख अजय गुप्ताले जानकारी दिएकाछन् । त्यस्तै जिल्लाको गढीमाइ नगरपालिकाले समेत सुचना जारी गरेर एक साताका लागि नगरपालिकाको कार्यलय बन्द गर्ने निर्णय गरेको हो ।
कार्यलयमा भिडभाड बढदै गएको र कर्मचारीमा समेत संक्रमण बढने खतरा बढ्दै जान थालेका कारण एक साताका लागि कार्यलय बन्द गर्ने निर्णय भएको सो नगरपालिका निमित्त कार्यलय प्रमुख नागेन्द्र यादवले जानकारी दिएकाछन् ।
जिल्लाको राजपुर नगरपालिकाले समेत एक साताका लागि कार्यलय बन्द गरेको छ । जिल्लाको बढदो कोरोना संक्रमण तथा संक्रिमतनै खुलेयाम हिड्न थालेपछि स्थानीय तहरुले धमाधम कार्यलय बन्द गर्न थालेका हुन् । कर्मचारीमै कोरोनाको लक्षण देखिन थालेपछि आफुहरुले बैठक गरेर नगरपालिकाले दिने सेवा एक साताका लागि बन्द गरेको गौरका नगरप्रमुख गुप्ताको भनाइ रहेको छ । ती नगरपालिकाले आन्तरिक काम भने गर्ने निर्णय गरेकाछन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here