बागमती,२० बैशाख । रौतहटको पर्यटकीय क्षेत्र नुनथरमा भएको अनियमित्तता बारे प्रेस विज्ञप्ती जारी भएको छ । नेपाल कम्यूनिष्ट पार्टी ( माओवादी केन्द्र ) चन्द्रपुर १ वडा कमिटिले नुनथर क्षेत्रमा भई रहेको अनियमित्तता घोर भर्साना गर्दै प्रेस विज्ञयप्ती जारी भएको हो । पछिल्लो समय विवादित बन्दै गएका पर्यटकीय स्थल नुनथरमा दोस्रो समितिको रुपमा चयन गरिएको समिति एक दशक भएपनि सो समिति फेर बदल नहुदा अनियमित्तता बढेको छ । नेपाल कम्यूनिष्ट पार्टी ( माओवादी केन्द्र ) चन्द्रपुर १ वडा कमिटिले प्रेस विज्ञप्ती जारी गर्दै नुनथर क्षेत्रमा भइरहेको अनियमित्तता बारे सम्वन्धित निकायले छानबिन गरी कारवाहीको दायरामा ल्याउनु पर्ने माग गरेका छन् । नेपाल कम्यूनिष्ट पार्टी ( माओवादी केन्द्र ) चन्द्रपुर १ वडा कमिटिका अध्यक्ष बलराम राउतको हस्ताक्षरमा जारी भएको प्रेस विज्ञप्तीमा अनुमती बिना शुल्क उठाउने, बिना ओसिको बिल काटने गरेको प्रती घोर भर्साना गरेका छन् । नगरपालिकाको अनुमति बिनानै सो समितिले स्थानिय तथा धर्म कर्ममा लागेको तिर्थ यात्रि संग पनि शुल्क उठाउ आएको स्थानियको गुनासो रहेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here