गरुडा २२ बैशाख ।
निवर्तमान प्रदेश सांसद कुन्दन कुशवाहाले आफू नेपाल कम्युनिष्ट पार्टी (एमाले) नभएको बताएका छन् । मंगलबार संचारकर्मीहरुसंग कुरा गर्दै निवर्तमान प्रदेससभा सदस्य कुशवाहाले पार्टी एकताबाट अग्रगमनको दिशामा अघि बढने भएकोले अदालतको बहानामा पछाडीको बाटोमा जान नसकिने बताए । एमाले वा माओवादीको नाममा अगाडी बढनु भनेको पश्चागमन भएको उनको भनाइ छ । नेता कुशवाहाले पार्टीको वैचारिक, राजनीतिक दिशा अदालतको फैसलाले नभई पार्टी आफैले तय गर्ने बताए । सर्वोच्च अदालतको गत २३ फागुनमा आएको फैसला अनुसार एमाले र माओवादी केन्द्र पुर्ववत अवस्थामा फर्किए पनि नेता कुशवाहाले पछाडि नहटिकन कम्युनिष्ट पार्टी एकता प्रक्रियाबाट अगाडी बढनुपर्ने बताए । कम्युनिष्ट पार्टीको नाममा विभिन्न समुहमा विभाजित भएर कम्युनिष्ट आन्दोलनको जगेर्ना गर्न नसकिने बताउदै उनले कम्युनिष्ट पार्टीहरुका बीचमा एकता हुनुको विकल्प नभएको बताए । देश र जनताको विकासका लागि अहिले बलियो कम्युनिष्ट पार्टीका साथै कम्युनिष्ट पार्टी नेतृत्वको सरकार तीनै तहमा हुनुपर्ने उनको भनाई छ । नेपालको कम्युनिष्ट आन्दोलनको उपलब्धिलाई जोगाउन हामीले एमाले र माओवादी केन्द्रको राम्रा कुरालाई समेटेर नेकपाको गठन गर्यौं । आज पुनः एमाले वा माओवादीकै नाममा अगाडी बढनु भनेको पश्चगमन हो । दिनलाई रात बनाउ“न सकिदैन् ।
हामी एमाले वा माओवादी हुनै सक्दैनौं । नेता कुशवाहाले भने, “हामी कम्युनिष्ट भएकाले उल्टो बाटो हिडनै सक्दैनौं ।
अग्रगमनको बाटोमा अगाडी बढनुको बिकल्प नै छैन । नेकपा पार्टीमा रहेर झण्डै तीन बर्षको यात्रा गरिसकेकाले फेरी उही एमाले वा उही माओवादी केन्द्रमै फर्किनु भनेको उल्टो बाटो हिडनु रहेको बताउदै उनले अहिलेको आवश्यकता कम्युनिष्ट पार्टीका बीचमा बलियो एकता गर्दै कम्युनिष्ट पार्टी नेतृत्वको सरकार निर्माण गर्नु रहेको बताए । एमाले र माओवादी केन्द्रले बोक्दै आएको छुटाछुटै विचार, सिद्धान्त छोडेर नेकपाको विचार, सिद्धान्तलाई आत्मसाथ गर्ने सके फेरी पनि कम्युनिष्ट पार्टीका बीचमा एकता सम्भव रहेको उनले बताए । शीर्ष नेताहरुले आ–आफ्नो कमजोरी स्वीकार गरेर आत्मालोचना गर्दै नेकपाको विचार बोकेर अगाडी बढनुपर्ने उनको सुझाव छ । इतिहास बनिसकेको एमाले र माओवादी केन्द्रलाई फेरी बोकेर कम्युनिष्ट आन्दोलनको उपलब्धिलाई जोगाउन सकिदैन् । इतिहासबाट हामीले पाठ सिक्दै अगाडी बढनुपर्ने हो । उही पार्टीको नाममा पछाडी फर्किने यात्रा हामीले गर्नै सक्दैनौं । नेता कुशवाहाले थपे, “सबैले आफ्नो सिमित व्यक्तिगत स्वार्थ छोडेर सामुहिक स्वार्थ पुर्तिका लागि जुटनुपर्छ ।
बलियो कम्युनिष्ट पार्टी बनाउन हामी एकीकृत हुनुको विकल्प छैन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here