अशोक पहाडी ,चन्द्रपुर,२१ बैशाख ।
स्थानीय तहले बजार अनुगमन नगरेका कारण रौतहटको बजारमा कालोबजारी बढेको छ । खाद्यय बस्तुमा सबैभन्दा धेरै मुल्य बढेको छ । चिनी ,तेल,चामल लगाएतका खाद्यय बस्तुको मुल्य ब्यापारीले मनोमानी लिने गरेको स्थानीय उपभोक्ताले बताएकाछन् । कोरोनाको कारण तथा लकडाउन हुने भन्दै ब्यापारीले मनोमानी मुल्य लिने गरेको पाईन्छ ।
जिल्लाको चन्द्रपुर नगरपालिकामा रहेका फेन्सी पसलमा भिडभाड बढेको भन्दै मंगलबार देखी फेन्सी ब्यापारीले पसल बन्द गरेपछि खाद्ययन्न पसलले समेत लकडाउन हुने र पसल बन्द हुने भन्दै उपभोक्तासंग मनलाग्दी मुल्य असुल्ने गरेको स्थानीय उपभोक्ताहरुले गुनासो गरेकाछन् ।
चन्द्रपुर १० चेतनगरका किराना पसल संचालक राकेश साहले आफुहरुलाईनै होलेसलमा महंगो लिएका कारण खाद्ययान्यको मुल्य बढाएको बताए । केही समय पहिला ८० रुपैयामा किलोमा आफुले चिनी बेचेकोमा कोरोना लकडाउनको हल्लाका कारण होलसेलमै आफुले महंगो तिरेकाले चिनी एक सय रुपैया किलोमा बिक्रि बितरण गरेको साहको भनाइ रहेको छ ।
स्थानीय उपभोक्ताले चन्द्रपुर नगरपालिकाले बजार अनुगमन नगरेका कारण खाद्यय बस्तुमा आफुहरुले चर्को मुल्य तिर्नु परेको गुनासो गरेकाछन् ।
जिल्लाको चन्द्रपुर नगरपालिका मात्र नभएर जिल्लाका अन्य नगरपालिकामा समेत खाद्यय बस्तुको मुल्यमा उपभोक्ता ठगिन बाध्य भएका गुनासो बढ्दै जान थालेको छ ।
खाद्यय बस्तुमा उपभोक्ता ठगिन थालेको गुनासो आएपछि आफुहरुले बजार अनुगमन थालेको गौर नगरपालिकाका प्रमुख अजय गुप्ताले जानकारी दिएका छन् ।
चन्द्रपुर नगरपालिकाका प्रमुख रामचन्द्र चौधरीले गुण तथा खाद्यय नियन्त्रण कार्यलयका कर्मचारी बोलाएर केही दिनमै खाद्य पसलको अनुगमन थाल्ने बताएका छन् ।
जिल्लाको गौर र चन्द्रपुर नगरपालिकाले बेला बेलामा बजार अनुगमन गर्ने गरेको भएपनि जिल्लाका अन्य १६ स्थानीय तहले बजार अनुगमन नगरेका कारण उपभोक्ता ठगिन बाध्य भएको गुनासो बढदै जान थालेको छ ।
अनुगमन अभावमा बजार महँगो भएकाले सर्वसाधारण उपभोक्ता ठगिने क्रम बढेको उपभोक्ता हित संरक्षण मञ्च रौतहटका जिल्ला अध्यक्ष टिका घिमिरेको भनाइ रहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here