बढ्दो कोरोनाको महामारीसंगै रौतहट जिल्लाका अधिकांस सकारी कार्यलय तथा ब्यापारीक प्रनिष्ठान बन्द भएसंगै रौतहटबाट बिगत १५ बर्ष देखी नियमित रुपमा प्रकाशन हुदै आएको तराई एक्सप्रेस दैनिकको प्रिन्ट संस्करण समेत बन्द हुने भएको छ । हाम्रा अधिकांस ग्राहकहरुको सटर बन्द हुने भएकाले हामीले प्रिन्ट संस्करण बन्द गर्ने निर्णय गरेका हौं । यसबाट हाम्रा ग्राहकमा पर्न गएको असुभिदा प्रति हामी क्षमा चाहान्छौ । तर हामी हाम्रो अनलाईन संकरण teraiexpressdainik.comका माध्यमबाट रौतहट सहित मध्य तराईका हरेक पलका समाचार अपडेट गर्दे बाताबरण सहज भएपछि प्रिन्ट संकरण सहित बजारमा आउने प्रतिबद्धता जाहेर गर्दछौ ।