चन्द्रपुर,२२ बैशाख । रौतहटको चन्द्रपुर नगरपालिकाको वडानं १ मंगलपुरमा माक्स बितरण गरिएको छ । मंगलबार कोरोनाबिरुद्धको सचेतना कार्यक्रम सम्पन्न गर्दे माक्स बितरण गरिएको हो । लायन्स क्लव अफ पौराइको आयोजना तथा पौराइ प्रहरी चौकी र अस्थायी ट्राफिक पोष्ट पौराइको सहकार्यमा सचेतनाका साथै मास्क वितरण कार्यक्रम सम्पन्न भएको गौतम खड्काले बताए । कोरोना संक्रमण दर बढ्दै गइरहेको भएतापनि स्थानिय नागरिकहरुले मास्क प्रयोग नगरि हिडडुल गर्न थालेपछि आम नागरिकहरुलाई सचेतनाका साथै मास्क समेत वितरण गरिएको खड्काले तराई एक्सप्रेसलाई बताए ।
मंगलपुर टोलको घरघरमा पुगेर घर बाहिर निस्कदा मास्क प्रयोग नगरेका नागरिकहरुलाई मास्क वितरण गरेको लायन्स क्लव अफ पौराइले जनाएको छ ।
पछिल्लो समय कोरोनाको कहर बढ्दै गएकाले स्थानीयलाई सचेत गराउदै माक्स बितरण गरिएको हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here