गौर,२२ बैशाख । 

रौतहटको चन्द्रपुर नगरपालिकामा मंगलबार मात्र ३४ जना कोरोना संक्रमित फेला परेकाछन् । त्यस्तै गौर नगरपालिकामा ४५ जना संक्रमित फेला परेकाछन् । रौतहट जिल्लाको चन्द्रपुर नगरपालिका र गौर नगरपालिकामा संक्रमितको संख्या बढदै जान थालेको छ । संक्रमितको संख्या बढ्दै जान थालेपछि चन्द्रपुर नगरपालिकामा रहेका कपडा पसल बन्द गरिएको छ । जिल्लाको मध्य भागमा रहेको गरुडा नगरपालिकामा १८ जना संक्रमित फेला परेकाछन् । त्यस्तै जिल्लाको ईसनाथ नगरपालिकामा २ जना संक्रमित फेला परेको जिल्ला प्रशासन कार्यलय रौतहटले जनाएको छ । रौतहट जिल्लामा कोरोना संक्रमित हुने पुरुषको संख्या ११६ जना रहेको छ । त्यस्तै महिला संक्रमितको संख्या ३९ जना रहेको जिल्ला प्रशासन कार्यलय रौतहटले मंगलबार जारी गरेको बिज्ञप्तीमा उल्लेख रहेकोे छ । जिल्लाभरीमा मंगलबार सम्म एक सय ५५ जना संक्रमित फेला परेको प्रमुख जिल्ला अधिकारी ईन्द्रदेव यादवले जानकारी दिएका छन् । चन्द्रपुर नगरपालिकामा मंगलबार गैडाटारमा पिसिआर परिक्षण भएको छ । जिल्लामा कोरोना ंसंक्रमितको संख्या बढदै जान थालेपछि स्थानीय प्रशासनले भिडभाड हुने स्थान तथा पसलहरु बन्द गराउने क्रम जारी रहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here